Comments Add Comment

‘जिद्दीले होइन, विधिले पार्टी चलाऊ’ भन्दै कांग्रेस कार्यालयमा धर्ना

१३ फागुन, काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टी केन्द्रीय समितिको बैठक चल्दै गर्दा रामचन्द्र पौडेल पक्षका विद्यार्थी नेता-कार्यकर्ताहरु धर्नामा बसेका हुन् ।

नेतृत्वले नेविसंघलाई विधिपूर्वक नचलाएकाले पार्टीका नेताहरुको ध्यानाकर्षण गराउन सांकेतिक धर्ना दिइएको नेता दीपक भट्टराईले बताए ।

धर्नामा सहभागीहरुले ‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’, ‘बलियो कांग्रेसका लागि सशक्त नेविसंघ हाम्रो अभियान’ लेखिएका प्लेकार्ड बोकेका थिए । केहीले सांकेतिक विरोधस्वरुप कालो चस्मा लगाएका थिए ।

यसअघि नेविसंघको विवाद समाधान गर्न पौडेल पक्षका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

तर सुनुवाई नभएकाले सांकेतिक विरोध जनाउन कालो चस्मा लगाएर धर्ना दिइएको नेविसंघ नेता भट्टराईले बताए ।

केन्द्रीय कार्यालयभित्र प्रवेश गर्नै लाग्दा कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई नेविसंघ नेताहरुले गेटमै रोके । उनीहरुले आफ्ना मागबारे जानकारी गराउँदै नेविसंघ र पार्टीलाई विधिसम्म सन्चालन गर्न ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment