Comments Add Comment

यूएर्इ अपडेटः बागलुङ सेवा समाजको अध्यक्षमा रत्न, कस्केलीको वार्षिकोत्सव

२५ फेब्रुअरी, दुबई । बागलुङ सेवा समाज यूएईको चौथो अधिवेशनले रत्न बिकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

गत शुक्रबार बरदुबई स्थित एस्मिन होटेलको सभाहलमा सम्पन्न अधिवेशनले  रत्न बिकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

बरिष्ठ उपाध्यक्षमा चुडामणि शर्मा, उपाध्यक्षमा रमेश पौड्याल, उपाध्यक्षमा हेमराज शर्मा, महासचिबमा लालबहादुर क्षेत्री,  सचिबमा महेश पौड्याल, कोशाध्यक्षमा शिब पाठक, कुश्मा खरेल र सदस्यहरुमा अर्चना सुबेदी, गुरुप्रसाद ज्ञवाली, राज थापा, सुनिल थापा, आकाश सुबेदी चयन भएका छन् ।

संस्थाका महासचिब खिमलाल पाण्डेले सन्चालन गरेको उक्त कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष बाबुराम गौतमले सभापतित्व गरेका थिए ।

प्रमुख अतिथिको रुपमा एनआरएनका मध्यपूर्ब उपसंयोजक तथा समाजका युएईमा संस्थापक संरक्षक गोपाल कंडेल उपस्थित थिए ।

त्यस्तै बिशेष अतिथिहरुमा संस्थाका बरिष्ठ सल्लाहकार कृष्ण केसी र चित्र केसीको उपस्थिति रहेको थियो । अन्य अतिथिहरुमा संस्थाका सल्लाहकारहरु याम पुन,  रत्न बिक, पूर्ण सापकोटा, संस्थाका उपाध्यक्ष तारा मल्ल, भूतपूर्ब महासचिब केदार सिंह नेपाली , लुम्बिनी वेलफेयर सोसाईटी महिला विभागकी सरस्वति पौड्याल, साथमा संस्थाका क्षेत्रीय  पदाधिकारीहरु रसअल खेमा समितिका अध्यक्ष काशिराम शर्मा, अबुधाबीका अध्यक्ष केदार लम्साल, दुबईका निबर्तमान अध्यक्ष लालबहादुर क्षेत्री, सारजहाका अध्यक्ष सुनिल थापा लगायत युएईमा कार्यरत समाजसेवी, बुद्दिजिबी, तथा पत्रकारहरुको समेत उपस्थिति थियो ।

नयाँ कार्यसमितिले यूएईमा रहेका बागलुङबासीहरुलाई एकताको मालामा उन्दै सामाजिकसेवामूलक क्रियाकलापलाई गति दिने विश्वास  प्रकट गर्दै अधिवेशनमा अतिथिका रुपमा बोल्ने वक्ताहरुले नवनिर्मित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा लक्ष्मी पौड्यालले स्वागत मन्त्यब्य मार्फत सबैलाई स्वागत गरेकी थिइन् ।

संस्थाको सांगठनिक प्रतिबेदन संस्थाका महासचिब खिमलाल पाण्डेले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन संस्थाक कोसाध्यक्ष कलाधर सापकोटाले प्रस्तुत गरेका थिए ।

यूएर्इमा कस्केलीले मनाए संस्थाको चाैथो वार्षिकोत्सव

कास्की आदर्श सेवा समाज यूएईले एक औपचारिक कार्यक्रम गरेर चौथो वार्षिकोत्सव मनाएको छ ।

यूएईका नेपालीहरुबीच लोकप्रिय र सहज केन्द्र मानिने जबिल पार्कमा गत २३ शुक्रबार वार्सिकोत्सव मनाइएको हो ।

समाजका अध्यक्ष मनोजकुमार सैंजुको सभापतित्व तथा समाजका संरक्षक एबम समाजसेवी कृष्णबहादुर ढकाल प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

आईएमईका मध्यपूर्ब प्रमुख सरोज बस्नेत, समाजसेवी एबम खेलप्रेमी हिरालाल श्रेष्ठ र संस्थापक अध्यक्ष गुप्तशेखर पौडेलको समेत उपस्थिति रहेको कार्यक्रममा गुप्त शेखर पौडेलले सहभागीहरूलार्इ स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ढकालले यूएईमा रहेका सम्पूर्ण कस्केलीहरुको अभिभाबक बन्न सफल हुनुपर्ने भन्दै समाजलार्इ शुभकामना दिएका थिए ।

चौथो वार्षिकोत्सबको उपलक्ष्यमा चौथो वार्षिकोत्सव अंकित केक पनि काटिएको थियो ।

नेपाली खाना, सेलरोटी, अचार लगायत नेपाली परिकारहरू सहभागी सबैलाई उपलब्ध गराउँदै बिभिन्न साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

उक्त अवसरमा फेब्रुअरी ९ मा सम्पन्न भलिबल कार्यक्रमको प्रमुख प्रायोजक आईएमई र रिया कम्पनीका साथै खेलकुद कार्यक्रमका सबै सहयोगी ब्यत्ति एबम संस्थाहरुलाई मायाको चिनो र कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापति सैजुले चौथो वर्ष सफलता पूर्वक सम्पन्न गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

संस्थाका महासचिव केदार कुँवरले संचालन गरेको उक्त कार्यक्रममा उल्लेख्य संख्यामा कस्केली तथा गैरकस्केलीहरुको सहभागिता थियो ।

कार्यक्रममा समाजले विगतमा गरेका सामाजिक सेवामूलक कार्यहरु तथा संस्थागत गतिविधिबारे प्रकाश पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment