Comments Add Comment

यस्ती थिइन् श्रीदेवी, उनका अनौठा तथ्य र तस्वीरहरु

श्रीदेवीले बाल कलाकारको रुपमा फिल्मी यात्रा सुरु गरेकी थिइन् । उनले दक्षिण भारतिय फिल्म हुँदै बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्म उद्योगमा उनले पाँच दशकको यात्रा तय गरिन् ।

१. श्रीदेवीले ‘बेबी श्रीदेवी’ नाममा चाइल्ड आर्टिस्टको रुपमा दक्षिण भारतको चार भाषाको तमिल, तेलुगु, मलयालम र कन्नडमा काम गरिन् ।

२. श्रीदेवको पहिलो फिल्म १९६७ मा प्रदर्शन भएको ‘टुनाईवान’ थियो, त्यसमा उनी बाल कलाकारको रुपमा थिइन् । त्यसबोला उनको उमर चार बर्षको थियो ।

३. कतिले भन्छन्, श्रीदेवीको पहिलो हिन्दी फिल्म ‘जूली’ थियो, त्यसमा उनले लक्ष्मीको सानी बहिनीको भूमिका गरेकी थिइनु । तर, सत्य के भने त्यसअघि उनले ‘रानी मेरा नाम’ नामक हिन्दी फिल्ममा खेलिसकेकी थिइन् ।

४. श्रीदेवीले तामिलमा सबैभन्दा बढी फिल्म कमल हसन र रजनीकान्तसँग खेलिन् । हिन्दीमा जीतेन्द्र र अनिल कपुरसँग खेलिन् ।

५. श्रीदेवीले १३ बर्षको उमेरमा तमिल फिल्म ‘मूंडरु मुदिछु’मा रजनीकान्तकी सौतेनी आमाको भूमिका निर्वाह गरेकी थिइन् ।

६. श्रीदेवीले मलयामलम भाषाका गिनीज बुक अफ वल्र्ड रेकर्ड होल्डर अभिनेता प्रेम नजीरसँग ‘तुलावरसम’ फिल्ममा काम गरिन् ।

७. श्रीदेवीलाई यश चोपडाले ‘अ स्विच अन एन्ड अ स्विच अफ एक्ट्रेस’ भन्थे । किनभने निर्देशकले जब कुनै दृश्य सुनाइरहेको हुन्थे, त्यसबेला उनी शान्त भएर सबै कहानी सुन्थे । जब निर्देशकले लाइट, क्यामेरा एक्सन भन्थे, तब उनी अलग्गै रुपमा अभिनय गरिरहेकी हुन्थिन् । एकदमै छिटो आफुलाई अभियनमा ढाल्न सक्ने खुबी थियो उनमा ।

८. श्रीदेवीलाई दुखको दृश्यमा कहिले पनि आँशु बगाउनका लागि ग्लिसरीनको प्रयोग गर्न परेन । निर्देशकले दृश्यको बारेमा बताउनसाथ उनको आँखाबाट आँशु आउँथ्यो । उनी क्यामेराको अगाडि सधै बच्चाले जस्तै सिकिरहेकी हुन्थिन् ।

९. जब बलिउडमा श्रीदेवी भर्खरै प्रवेश गरेकी थिइन्, उनी हिन्दी शब्द राम्ररी बुझ्दैनथी । तर, उनी आफ्नो संवाद भने सजिलै कष्ठस्थ पार्न सक्थे ।

१०. ८० को दशकमा श्रीदेवकै कारण दक्षिण भारतिय फिल्मलाई हिन्दीमा डब गरेर रिलिज गर्ने चलन सुरु भयो । यसले रजनीकान्त, कमल हासन जस्ता अभिनेतालाई एकदमै फाइदा पुग्यो । हिन्दी फिल्मका दर्शक त्यसपछि दक्षिण भारतिय फ्लेवरमा रमाउन थाले ।

११. हलिउड मेकर स्टीवेन स्पीलबर्गले श्रीदेवलाई आफ्नो फिल्म ‘जुरासिक पार्क’मा पनि खेल्नका लागि अफर गरेका थिए, तर समय तालिका नमिलेका कारण श्रीदेवीले फिल्ममा काम गर्न पाइनन् ।

१२. श्रीदेवीले आफ्नो जमानामा एकछत्र राज गरिन्, त्यसबेला उनको पारिश्रमिक भारु एक करोडभन्दा बढी थियो ।

१३. आफ्नो फेसन स्टेनमेन्टका लागि श्रीदेवी बढी चिनिन्छन् । चर्चित फेशन डिजाइनरको बलिउडमा इन्ट्री श्रीदेवीको फिल्म ‘चाँदनी’बाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment