Comments Add Comment

प्रदेश मन्त्रालयमा सचिवलाई नै छैन कार्यकक्ष

१३ फागुन, हेटौंडा । प्रदेश मन्त्रालयमा खटाइएका कर्मचारीहरु कार्यकक्ष नहुँदा काम गर्न अलमलमा परेका छन् । प्रदेशमा खटिएका सबै सबै कर्मचारी अझै नआए पनि आइपुगेकाहरु पनि व्यवस्थित रुपमा काम गर्न पाएका छैनन् ।

हेटौंडा-१ चौकीटोलस्थित श्रम कार्यालयको नव निर्मित भवनमा राखिएको भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालयका सचिवसहितका कर्मचारीको कार्यकक्ष नै तपाएर भएको छैन ।

कार्यकक्ष तयार गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगर्दा कर्मचारीहरु विहान आएर काम नगरी साँझ फर्किनुपर्ने भएको छ ।

दुई मन्त्रालयमा सचिवसहित १२ जना सरकारी कर्मचारी हाजिर भइसकेका छन् । हाजिर भए पनि काम गर्ने वातावरण नभएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव जीवछ मण्डलले बताए ।

उनले भने ‘मन्त्रालयको तयारीको काम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गर्नुपर्ने भए पनि काम भएको छैन ।’ भौतिक पूर्वाधार मन्त्रालयले पूर्वाधारको काम गर्ने जिम्मेवारी भवन प्रविधि तथा तालिम अनुसन्धान केन्द्रलाई दिएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पनि कार्यकक्ष तयार नहुँदा कर्मचारीले काम गर्न पाएका छैनन् । ‘सचिवसहितका ६ जनाले कार्यालय व्यवस्थापनको लागि काम गर्न लगाइरहेका छौं’ सचिव डा. बंशी शर्माले भने । ‘तोकिएको दरवन्दी अनुसार कर्मचारी नआएपनि आएकाले काम गरीरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment