Comments Add Comment

नेप्से एक वर्षकै न्युन विन्दुमा, बजारले पाएन टेवा


१३ फागुन, काठमाडौं । १४ सय विन्दुमा दरिलो टेवा पाइरहेको नेप्से परिसूचकले बढ्ने आधार भेट्न नसक्दा थप घटेको छ । नेप्से परिसूचक लगभग एक वर्षकै न्युन बिन्दुमा आइपुगेको छ । यसअघि गत चैतमा नेप्से १३ सय ५७ विन्दुको न्युन विन्दुमा रहेको थियो । त्यसयता नेप्से हालसम्म आइतवार आइपुगेको स्थानसम्म ओर्लिएको थिएन । नेप्से परिसूचक आइतवार १३ सय ७४ विन्दुमा आएको हो ।

बजारबाट १० प्रतिशत प्रतिफल समेत निकाल्न नसकिने अवस्था रहेकोमा बैंकहरुले बचत खातामै सो दरमा ब्याजदर दिइरहेका छन् । यसले लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । बैंकहरुले मुद्दति निक्षेपमा दिइरहेको अधिकत्तम ११ प्रतिशत व्याजदरलाई समेत बढाउने संकेत दिइरहेकोले पनि बजार प्रभावित भएको छ ।

बजारमा लगानी योग्य पुँजी अभाव भइरहँदा बजारमा सेयर चाप बढ्दै जानु, लाभांश प्राप्त गर्ने अवसर सकिनु, बैंकहरुको नाफा घट्नु, बार्षिक वित्तीय विवरण आउन समय बाँकी रहेकोले पनि बजार बढ्न नसकेको हो ।

नयाँ सरकार निर्माणसँगै पहिलो दिन बढेको नेप्से त्यसयता भने घट्दो क्रममा छ । कारोबारमा आएका मध्ये होटेल समूहको परिसूचकबाहेक सबै घटेका छन् । बजार घट्दै गएपनि कारोबार रकम विहीवारको तुलनामा बढेको छ । ३१ करोड रुपैयाँको कारोबार आइतबार भएको छ । एक सय २५ प्रतिशत लाभांश घोषणा गरेको राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार उच्च भएको छ । कम्पनीको ३ करोड ३४ लाख रुपैयाँको साधारण सेयर र ५ करोड ४७ लाख रुपैयाँको संस्थापक सेयर खरीदबिक्री भएको छ ।

ओरियण्टल होटेलको सेयर करिब २ प्रतिशतले बढेसँगै होटेल समूहको परिसूचक बढेको हो । धेरै मूल्य बढ्नेमा विकास बैंक, लघुवित्त, हाइड्रोपावर कम्पनी लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment