Comments Add Comment

किन भयो  श्रीदेवीको अचानक मृत्यु, कारण के हो र त्यसबाट कसरी बच्ने ?

अभिनेत्री श्रीदेवीलाई कुनै रोगले च्यापेको थिएन । उनी थलिएकी थिइनन् । वा रोगको उपचार पनि गराइरहेकी थिइनन् । सग्लो थिइन् । स्वस्थ्य थिइन् । उनी मनोरञ्जनकै मुडमा थिइन् । दुबईमा आफ्ना भान्जाको बिहे थियो, त्यही रमझममा सामेल हुन पति बोनी कपुर र कान्छी छोरीसँग दुबई पुगेकी थिइन् ।

तर, अचानक उनको मृत्यु भयो ।

के कारणले यसरी अचानक मृत्यु हुनसक्छ  ? वास्तवमा हृदयघातको कारण उनको अनपेक्षित मृत्यु भयो । यो अचानक हुने दुर्घटना हो । यसलाई साइलेन्ट हार्ट अट्याक्ट पनि भनिन्छ । यस्तो जो कोहिलाई हुनसक्छ, जहाँपनि हुनसक्छ ।

सग्लो व्यक्तिको अचानक मृत्यु हुन्छ भने, त्यसको पहिलो कारण हुनसक्छ साइलेन्ट हार्ट अट्याक्ट । चिकित्सकहरु भन्छन्, यस्तो अवस्थामा जति सक्दो छिटो अस्पताल पुर्‍याउन सकिन्छ, उत्तिनै उपचार संभव हुन्छ । तर, हामीकहाँ त यस्तो अनुकुलता नमिल्न पनि सक्छ ।

एक त अस्पतालको पहुँच नहुने, अर्को सवारी साधन पनि । त्यसैले संभावित जोखिमबारे बच्नका लागि विशेष जानकारी भने हुनसक्छ । यस्ता जानकारीले केहि हदसम्म भएपनि खतरालाई टार्न सकिन्छ ।

जब घर परिवार वा कहि कतै यस्तो समस्या आइपर्छ, तब पीडितको होशियारपूर्वक ख्याल राख्नुपर्छ । जबसम्म पीडितलाई चिकित्सककहाँ पुर्‍याइदैन, तबसम्म यी विधी अपनाउन सकिन्छ ।

१. शरीरमा सुताएर आरम दिने, यताउता हलचल नहोस् ।

२. खुट्टालाई केहि अग्लो बनाउने, त्यसले खुट्टाको रक्त प्रवाह हुन्छ र रक्तचाप कम हुन्छ ।

३. पीडितलाई विस्तारै लामो सास लिन लगाउने । यसले शरीरमा अक्सिजनको मात्रा बढ्छ ।

४. कपडालाई थोरै भिजाउने, यसले बेचैनी कम हुन्छ ।

५. सोरबिट्रेटको एक चक्की जिब्रोको मुनी राखिदिने ।

६. सोराबिट्रेट छैन भने डिस्पि्रनको एक चक्की दिन सकिन्छ ।

७. औषधी बाहेक अरु केहि दिनु हुँदैन ।

८. वान्ता भयो भने एकतर्फी फर्काएर वान्ता गराउने,

ताकि सास नलीमा वान्ता पुग्न नपाओस् ।

के हो साइलेन्स हार्ट अट्याक्ट ?

साइलेन्ट हार्ट अट्याक्टलाई साइलेन्ट मायोकार्डियल इन्प|mेक्शन पनि भनिन्छ । यसमा जब कसैलाई हार्ट अट्याक्ट हुन्छ, त्यसको कुनै पूर्वसंकेत नै मिल्दैन । छातीमा दुखाई अनुभव हुँदैन ।

किन थाहा हुँदैन दुखाई ?

कतिपय अवस्थामा मस्तिष्कसम्म दुखाई महसुष गराउने नसा वा स्पाइनल कार्डमा समस्या हुँदा वा मनोवैज्ञानिक कारणले व्यक्तिले दुखाई महसुष गर्न पाउँदैनन् । यसका साथै मधुमहेको रोगीमा अटोनमिक न्यूरोपेथीको कारण पनि

साइलेन्ट हार्टअट्याक्टको पाँच संकेत

१. ग्याष्ट्रिक समस्या, पेट खराबी

२. कुनै कारण कमजोरी अनुभव हुनु

३. थकान लाग्नु

४. अचानक चिसो पसिना आउनु

५. पटक पटक सास बढ्नु

साइलेन्ट हार्ट अट्याक्टका पाँच कारण

१. धेरै चिल्लोचाप्लो, बोसोयुक्त, प्रसोधित खानेकुरा

२. शारीरिक रुपमा सक्रिय नहुनु

३. मदिरा वा चुरोट पिउनु

४. मधुमेह वा मोटोपन

५. तनाव

साइलेन्ट हार्ट अट्याक्टबाट बच्ने पाँच उपाय

१. खानपानमा ध्यान दिने । सलाद, सागसब्जी बढी सेवन गर्ने ।

२. नियमित हिँड्ने, व्यायाम, योगासन गर्ने ।

३. चुरोट, मदिरा आदि सेवन नगर्ने ।

४. सधै खुसी रहने । तनावरहित हुने ।

५. नियमित मेडिकल चेकअप गराउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment