Comments Add Comment

यहाँ बन्दैछ विश्वकै अग्लो काठे भवन, पानीसरी बगाइँदैछ पैसा

जापानको एक कम्पनीले सन् २०४१ मा आफ्नो स्थापनाको साढे तिनसय वर्ष पूरा हुने उपलक्ष्यमा विश्वकै सबैभन्दा अग्लो काठको भवन बनाउने तयारी गरिरहेको छ ।

सुमितोमो फरेस्ट्रीका अनुसार ७० तलाको उक्त ध्घछण् नामक टावरको १० प्रतिशत मात्र हिस्सा स्टिलको हुनेछ । यसमा १ लाख ८० हजार घनमिटर स्थानीय काठ प्रयोग हुनेछ ।

यो गगनचुम्बी भवनमा ८ हजार कोठा हुनेछन् र हरेक तलाको बरण्डामा वनस्पती रोपिनेछ ।

कम्पनीका अनुसार यो भवन भुकम्प प्रतिरोधी हुनेछ । टोकियोमा प्रायः आइरहने भुकम्पबाट बचावटका लागि यसमा काठ तथा स्टिलको स्तम्भयुक्त ब्रेस्ड ट्यूब संरचना रहनेछ ।

यो भवन बनाउन झण्डै ६ खर्ब जापानी येन अर्थात् झण्डै ५ खर्ब ८१ अर्ब रुपैयाँ खर्च लाग्नेछ । यो यहीँ आकारको आधुनिक भवन बनाउने खर्चभन्दा झण्डै दोब्बर हो । यद्यपि सन् २०४१ सम्ममा प्रविधिमा हुने विकासले गर्दा लागत केही घट्न सक्ने सुमितोमा कम्पनीको विश्वास छ ।

जापानले सन् २०१० मा लागू गरेको एक कानून अनुसार त्यहाँ तीन तलाभन्दा अग्ला भवन बनाउँदा काठको प्रयोग अनिवार्य छ । विश्वका अन्य केही ठाउँमा काठका निकै अग्ला अग्ला भवन बनिसकेका छन् ।

हंगेरीको बुढापेस्टस्थित मिनिपोलिसमा काठको १८ तले भवन रहेको छ भने क्यानडाको भ्यानकुभरमा ५३ मिटर अग्लो काठको भवन पनि रहेको छ । यो नै विश्वको अहिलेसम्मको सबैभन्दा अग्लो काठे भवनको रुपमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment