Comments Add Comment

यस्तो टापु, जहाँ पुरुष जान पाउँदैनन्

तपाइँले गर्ल्स पार्टी, गर्ल्स  स्कुल, गर्ल्स  होस्टेल, लेडिज नाइट आदिको बारेमा सुन्नु तथा जान्नुभएकै छ । महिलाहरुका लागि मात्र लक्षित गरिएका यस्ता ठाउँलाई माथ दिएको छ एउटा टापुले । यो टापु यस्तो विशेष छ की त्यहाँ केवल महिलाहरु मात्र जान पाउँछन् र पुरुषहरुका लागि बन्देज छ ।

फिनल्याण्डको बाल्टिक समुद्र नजिक छ यो टापु । टापुको नाम सुपर सी हो । यहीँ वर्ष गर्मीयाममा यो टापु खुल्दैछ ।

यो टापुलाई महिलाको लागि मात्र खुल्ला गर्नुमा अमेरिकी व्यवसायी महिला क्रिस्टिना राथको देन छ ।

राथ लामो समयदेखि यस्तै ठाउँको खोजीमा थिइन् जहाँ महिलाहरुले स्वतन्त्रतापूर्वक पार्टी गर्न सकून् र मज्जाले इन्ज्वाय गर्न पाउन् । उनले यस टापुमा भव्य रिसोर्ट स्थापना गरिरहेकी छिन् ।

गत सेप्टेम्बरमा उनले ८.४ एक्कड क्षेत्रफलको यो टापु उनले खरीद गरेकी थिइन् । अहिले त्यहाँ सम्पूर्ण निर्माण कार्य चलिरहेको छ ।

रिसोर्टमा ४ क्याबिन हुनेछन् । जसमा स्पाना, साउनाबाथ लगायतका सबै सेवा सुविधा उपलब्ध हुनेछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment