Comments Add Comment

१३५८ मा नेप्से परिसूचक, बजार घट्दा सेयर किन्ने बढे


१४ फागुन, काठमाडौं । नेप्से परिसूचक एकै दिन १५ अंकले घटेर १३ सय ५८ बिन्दुमा आइपुगेको छ । लगातार घटेको बजार १४ सय विन्दुको टेवा परिक्षणमा देखिदै आएको भएपनि सफल नभएपछि लगानीकर्ताहरु अत्तालिएका छन् ।

बजार सोमबार एकोहोरो घटेको हो । नेप्सेले १३ सय ४० देखि ५० को आसपासमा अर्को टेवा परिक्षण गर्न सक्ने सम्भावना रेखाचित्रले देखाउँछ । यद्यपी यसअघि बजार बढ्ने क्रममा केही घट्दा यी विन्दुमा टेवा परिक्षण गरेर लगातारजसो वृद्धि सहित १६ सय १० विन्दुसम्म पुगेको थियो । यही कारण हाल नेप्सेले खोजेको टेवा धेरै बलियो भने साबित नहुन सक्छ ।

हाल केही बैंकहरुले मुद्दति निक्षेपको ब्याजदरमा कायम रहेको सीमा तोड्ने बताइरहँदा यसको प्रभाव पनि बजारमा पर्न सक्छ । हाल मुद्दति निक्षेपमा अधिकत्तम ११ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ ।

बजार बुधवार एकोहोरो घट्दा कारोबार रकम भने बढेको छ । यसले घट्दो बजारमा सेयर खरिद गर्ने क्रम बढेको संकेत गरेको छ । सम्भवतः सोमबार नयाँ अर्थमन्त्री नियुक्त हुने भएका छन् । अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्रीको रुपमा आउने चर्चाले लगानीकर्तामा केही आशा जघाउन सक्छ ।

यद्यपी अर्थमन्त्रीको रुपमा चर्चा भइरहेका डा. युवराज खतिवडा सेयर बजारमा हुने असन्तुलित कारोबार, खेलोफड्को प्रति अनुदार मानिएकोले अल्पकालिन रुपमा यसको प्रभाव भने रहनसक्छ । यद्यपी, दिर्घकालमा अर्थतन्त्रलाई लाभ हुने काम हुनेमा केही लगानीकर्ताहरु पनि आशावादी भने छन् ।

बजारमा रहेका सबै समूहगत परिसूचक घटेका छन् । ७० प्रतिशत लाभांश प्रस्ताव गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै १० करोड रुपैयाँको सेयर खरीदबिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment