Comments Add Comment

जनअपेक्षा अनुसार काम गर्ने गृहमन्त्री बादलको प्रतिवद्धता


१४ फागुन, काठमाडौं । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादलले जनअपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् । विकास र सम्बृद्धि होस् भन्ने जनचाहना स्थिरता र स्थायित्वबाट मात्र सम्भव हुने भन्दै उनले त्यसका लागि काम गर्ने बताए ।

सपथ लगतै गृह मन्त्रालयमा पुगेर पदभार सम्हालेका बादलले जनअपेक्षाअनुसार काम गर्ने बताए । उनले अघि भने, ‘तपाईहरुको कमाण्डर गृहमन्त्रीलाई साथ दिन पनि अपील पर्छु ।’

गृहमन्त्री बादलले पश्चगामी शक्तिहरुले राजनीतिक परिर्वतन उल्टाउन र अस्थिरता बढाउन चाहेको भन्दै सचेत रहन आग्रह गरे । उनले अघिल्ला मन्त्रीका राम्रा कामलाई निरन्तरता दिने र कमी कमजोरी सच्याएर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment