Comments Add Comment

आफूलाई डसेको भन्दै सर्पको टाउको नै चपाइदिएपछि…

यदि सर्पले तपाइँलाई डस्यो भने के गर्नुहुन्छ ? आफ्नो उपचार गर्नेतर्फ लाग्नुहुन्छ र रिसको झोँकमा सर्पलाई मार्नुहुन्छ पनि होला । तर भारतका एकजना व्यक्तिले चाहीँ आफुलाई डस्ने सर्पको टाउको चपाइदिएर बदला लिएका छन् ।

भारतको उत्तरप्रदेशस्थित हर्दोइका बासिन्दा सोनेलालले आफूलाई सर्पले टोकेपछि बदलास्वरुप सर्पको टाउको टोकेर छिनालिदिएको बताए ।

सर्पको टाउको छपाइदिएर मारेपछि बेहोस भएको अवस्थामा उनलाई फेला पारी स्थानीय सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरुले चाहीँ उनको शरीरमा सर्पले डसेको कुनै घाउ नदेखिएको बताएका छन् ।

शुक्लापुर भागर गाउँमा खेतीकिसानी गर्ने सोनेलाललाई बेहोस अवस्थामा शनिवार साँझको सात बजे अस्पताल पूराइएको थियो । सर्पले डसेको भनेर उनलाई अस्पताल लगिएपछि डाक्टरहरुले सर्पले डसेको शरीरको भाग खोजे तर जिउमा कुनै खत थिएन । रातको दश बजे सोनेलाल होसमा आए । त्यसपछि उनलाई सोधीखोजी गर्दा अनौठो घटनाको खुलासा भयो ।

सोनेलालका अनुसार उनले वस्तुभाउ चराइरहेको बेला उनलाई सर्पले डसेछ । त्यसपछि उनले रिसले उक्त सर्पलाई च्याप्पै समाए र त्यसको टाउकोमा टोके र चपाएर सर्पको टाउको छिनालिदिए । त्यसपछि मुखमा रहेको सर्पको टाउको थुके ।

तर डाक्टरहरुका अनुसार उनको जिउमा सर्पले डसेको कुनै खत नभएका कारण उनी सर्पले डसेर बेहोस भएको नभै सर्पको टाउको चपाउँदा त्यसको विष शरीरभित्र गएको डाक्टरहरुकेा अनुमान छ ।

सोनेलाल लागुऔषधका अम्मली भएको हुँदा उनले तलतली मेट्नका लागि सर्पको टाउको नै चपाएको हुनसक्ने अुनमान गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment