Comments Add Comment

श्रीदेवीको मृत्यु रहस्यमय बन्दै, शंकाको सुई श्रीमानतिर !

बलिउड अभिनेत्री श्रीदेवीको मृत्युको रहस्य गहिरिँदै गएको छ । उनको मृत्युका सम्वन्धमा भएका नयाँ-नयाँ खुलासाहरुले यो हत्या त होइन भन्ने आशंकालाई बल पुगिरहेको छ ।

सुरुमा उनको मृत्युकार्डियाक अरेस्टबाट भएको भनिएको थियो । तर, फरेन्सिक रिपोर्टले पानीमा डुबेर उनको मृत्युभएको ठहर गर्‍यो । साथै उनको रगतमा अल्कोहल पनि भेटियो ।

दुबई प्रहरीको बयानअनुसार श्रीदेवीले रक्सी पिएकी थिइन् र बाथरुममा अनियन्त्रित भएर बाथटबमा खसेकी थिइन् । त्यहीँ उनको मृत्यु भएको भनिएको छ । तर, यो घटनामा श्रीदेवीका श्रीमान बोनी कपुरमाथि पनि शंका गर्न थालिएको छ । उनीमाथि उठेका प्रश्नहरु यस्ता छन् ।

प्रश्न १. बोनी कपूर आफ्नो भान्जाको बिहेमा श्रीमती र कान्छी छोरीका साथमा दुबई गएका थिए । तर, बिहे सकिनासाथ मुम्बई फर्किए । तर, केवल एक दिनका लागि उनी श्रीदेवीलाई छोडेर किन फर्किए ? फेरि श्रीदेवीलाई सरप्राइज दिनका लागि दुबई किन गए ?

प्रश्न २. डाक्टरले सवाल उठाएका छन् कि यदि बाथटबमा खसेर मृत्यु भएको हो भने श्रीदेवी शरीरमा चोटको दागहरु किन छैनन् ?

प्रश्न ३. आखिर श्रीदेवीले कति रक्सी पिएकी थिइन् र उनी आफूमाथि नियन्त्रण राख्न सकिरहेकी थिइनन् ? उनका पारिवारिक साथी अमर सिंहले बताएअनुसार श्रीदेवी कहिले पनि हाई डि्रंक (रक्सी) पिउँदिन थिइन् । यद्यपि कहिलेकाहीँ वाइन सेवन गर्थिन् ।

प्रश्न ४. के यो सम्भव छ कि श्रीदेवीलाई बलजफ्ती रक्सी पिलाइयो र बाथटवमा फ्याँकियो ?

प्रश्न ५ . बाथरुममा श्रीदेवी पस्नुभन्दा अगाडि नै बाथटबमा पानी किन भरिएको थियो । के सोचविचार गरेरै बाथटबमा पानी भरिएको हो ?

प्रश्न ६. अनुसन्धानले देखाएअनुसार बोनी कपुरले सुरुमा डाक्टरलाई नभएर साथीलाई फोन गरेका थिए ? उनले किन यसो गरे ?

प्रश्न ७. पोस्टमार्टम रिपोर्टमा बाथटबमा डुबेर मृत्यु भएको भनिनु नै आश्चर्यजनक छ । किनकी त्यो बाथटव थियो, कुनै स्वीमिङ पुल होइन । बाथटवमा डुबेर मर्न कसरी सम्भव छ ?

प्रश्न ८. भान्जाको बिहे सकिएपछि श्रीदेवी आफ्नी बहिनीका साथ दुबईमा रोकिएकी थिइन् । उनी आफ्नी बहिनीसँग केही समय बिताउन चाहन्थिन् । तर, मिडिया रिपोर्टमा बताइएको छ कि श्रीदेवी बितेको ४८ घन्टासम्म होटलबाट बाहिर निस्केकी थिइनन् ।

प्रश्न ९. राति ९ बजे नै भएको घटनाको खबर किन मध्यरातपछि मात्रै बाहिर आयो ?

प्रश्न १०. होटल स्टाफका अनुसार करिब राति १०ः३० बजे श्रीदेवीले पानी अर्डर गरेकी थिइन् । सर्भर करीब १५ मिनेट रुममा पुगे । उनले डोर बेल बजाए । तर ढोका खुलेन । यस्तोमा कुनै अप्रिय घटनाको आशंकामा उनले होटलको अलार्म बटन दबाए ढोका फोडियो । श्रीदेवी बाथरुम फ्लोरमा लडेकी थिइन् । उनको धड्कन चलिरहेको थियो । त्यतिबेला ११ बजेको थियो । तर, यो सबै हुँदा होटलमै रहेका बोनी कपुर के गरिरहेका थिए भन्ने किन खुल्न सकेको छैन ?

बोनी कपुरमाथि प्रहरीले गर्‍यो साढे ३ घन्टा सोधपुछ

श्रीदेवीको रहस्यमय मृत्यू सम्वन्धमा दुबई प्रहरीले उनका पति बोनी कपुरसँग साढे तीन घन्टा सोधपुछ गरेको छ । चार प्रहरी अधिकारीले बोनीसँग सोधपुछ गरेपछि उनको बयान क्यामरामा पनि खिचिएको थियो ।

केही सूत्रका अनुसार बोनी कपूरले सबैभन्दा पहिले बाथटबमा श्रीदेवीलाई बेहोश देखेका थिए । श्रीदेवीलाई अस्पताल लगिँदा उनीसँग बोनी साथमै थिए । प्रहरीले ती ३ जनासँग पनि बयान लिएको छ जो अस्पताल जाँदा बोनीका साथमा थिए । उनीहरु तीनै जनालाई बोनीले नै बोलाएको बताइएको छ ।

श्रीदेवी दुबईमा आफ्नो भतिज मोहित मारवाहको बिहेमा सहभागी हुन गएकी थिइन् । बिहेपछि सबै फर्किए तर श्रीदेवी त्यहीँ रोकिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment