Comments Add Comment

मुख्यमन्त्रीले विश्वासको मत मागे, प्रतिपक्षले सरकार नभत्कियोस भन्दै कामना गरे

१५ फागुन, काठमाडाैं ।  कर्णाली प्रदेशको पाँचौ बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विशवासको मत माग्दै आफ्ना धारणा व्यक्त गरे ।

कर्णाली प्रदेशको विकास गर्न अरु प्रदेश जस्तो सहज नभएको भन्दै मुख्यमन्त्री शाहीले सबै दल मिलेर जानुपर्ने बताए ।

समृद्धि प्रदेश बनाउन कसैले पनि पक्ष र प्रतिपक्ष भन्न नुहने भन्दै उनले प्रतिपक्ष कांग्रेससहित राप्रपासँग विश्वासको मतको अपील गरे ।
मुख्यमन्त्रीले विश्वास मत दिन प्रस्ताव गरेपछि एमाले संसदीय दलका नेता यामलाल कंडेलले समर्थन गर्दै प्रदेश समृद्धिका लागि एक हुनुपर्ने बताए ।

माओवादी केन्द्रकी संसदीय दलकी सचेतक सीता नेपालीले पनि प्रदेश निर्माणका लागि सबै एक हुनुपर्नैे भन्दै कांग्रेससँग विश्वासको मत मागिन् ।

त्यस लगत्तै संसदमा सम्बोधन गरेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले भने सरकारको चिरायुको कामना गरे ।

आफूहरु प्रतिपक्षमै बस्ने भन्दै उनले सरकार नभत्कियोस् भन्ने कामना गर्दै सम्बोधन सुरु गरेका थिए । अझै पनि बाहिर वाम गठबन्धन फुट्छ कि भन्ने शंका कायमै रहेको भन्दै उनले सरकारलाई चिरायुको कामना गरे ।

‘बाहिर अझै पनि केही शंकाहरु छन्, फुटेर जाने त होइनन्, त्यसो नहोस,’ उनले भने,’ ‘गठबन्धन नफुटोस्, सरकार नभत्कियोस् म शुभकामना दिन चाहन्छु ।’

सम्बोधनकै क्रममा नेता शाहीले प्रदेशको समृद्धिका लागि सरकारले प्रतिपक्ष दललका उपया र योजनालाई समेत समेट्नु पर्ने बताएका छन् । सबैको आइडियाले मात्रै प्रदेश समृद्ध हुने भन्दै उनले एक्दै नदौडिन सरकारलाई सुझाव दिए ।

पाँचौ बैठकबाट मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका छन् । एमाले र माओवादीका सांसदले मुख्यमन्त्रीको प्रस्तावलाई समर्थन गरेका हुन् ।

जम्मा ४० सांसदमध्ये एमालेका १९, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका एक जना रहेका छन् । एमालेका चन्द्रबहादुर शाहीले भने राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment