Comments Add Comment

के अर्थमन्त्रीप्रति सकारात्मक बन्दैछ बजार ? नेप्सेमा करेक्सन


१५ फागुन, काठमाडौं । केही दिनदेखि निरन्तर घट्दो क्रममा देखिएको सेयर बजारमा मंगलबार सधार देखिएको छ । नेप्से परिसूचक ५.६८ अंकले बढेर १३ सय ६४ विन्दुमा पुगेको छ ।

बजार निकै घटेकोले यसलाई करेक्सनको रुपमा मात्र बुझ्न सकिने बजार विश्लेषकहरु बताउछन् । ‘अहिले बजार निकै घटेकोले करेक्सन देखिएको हो । बजार बढ्न तरलता समस्या हट्नु पर्छ र सेयर आपुर्ति घट्नुपर्छ,’ एक विश्लेषकले भने । अहिले अर्बौ रकमका प्राथमिक सेयर र हकप्रद सेयर जारी भइरहेकोले पनि बजार तत्काल बढि हाल्न नसक्ने उनी बताउछन् ।

तर, नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीहरुसँगको भेटमा केही समयमै तरलता अभावको समस्या समाधान हुने आसवास दिएका छन् । यसले भने लगानीकर्ता आशावादी बनेका छन् । खतिवडाको समयमा अर्थतन्त्रमा सुधार हुने अपेक्षा धेरैले गरिरहेकाले पनि लगानीकर्ताहरु उनी प्रति सकारात्मक छन् ।

बजारमा मंगलबार पनि कारोबार रकम भने बढेको छ । सस्तोमा सेयर पाइन थालेपछि केही दिनदेखि कारोबार बढ्न थालेको हो । ५५ करोड रुपैयाँको सेयर किनबेच भएको हो । कारोबारको मध्य अवधिबाट घट्न थालेको बजार सूचक अन्त्यमा पुन केही बढेको छ । तर, नेपाल टेलिकम लगायतका कम्पनीमा खेलेर पनि वृद्धि कायम गर्ने प्रयास भने भएको देखिन्छ ।

टेलिकम सूचीकृत ‘अन्य’ सहित, होटल, बैंकिङ,  वित्त र लघुवित्त समूहको परिसूचकमा सुधार भएको छ । उच्च लाभांश घोषणा गरेको नेपाल लाइफको सेयर करोबार मंगलबार पनि बढ्यो । १२ प्रतिशत बोनस सेयर दिन लागेको एशियन लाइफको सेयर मूल्य भने स्थिर रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment