Comments Add Comment

‘संविधान संशोधन’मा एमाले सहमत, बुधबार सहमतिमा हस्ताक्षर हुँदै

उपेन्द्र यादव केन्द्र सरकारमा मन्त्री हुने, प्रदेश २ मा वामपन्थी मिसिने !

१५ फागुन, काठमाडौं । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै आएको नेकपा एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ । तर संविधानका कुन कुन धारामा कस्तो संशोधन गर्ने भन्ने बारेमा भने औचित्यका आधारमा छलफल हुने एमालेले जनाएको छ ।

दुई तिहाई बहुमत सहितको सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने सहमतिमा हस्त्ााक्षर गर्ने भएका छन् । त्यसका लागि एमाले र संघीय समाजवादी फोरमका नेताहरुबीच मंगलवार विभिन्न चरणमा वार्ता भएका छन् ।

फोरमसँग वार्तामा रहेका एमाले नेता सुवास नेम्वाङका अनुसार बुधबारसम्म सहमतिका बुँदामा हस्ताक्षर हुनेछ । नेम्वाङले भने ‘हामी सकारात्मक ढंगले छलफलमा बसेका छौं । बुधवारसम्म सहमति हुन्छ । त्यसपछि कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने टुंगो लाग्छ ।’

स्रोतका अनुसार दुवै पक्षले आ-आफ्नो पक्षबाट सहमतिको मस्यौदा गरिरहेका छन् । कुन कुन बुँदामा संविधान संशोधन गर्ने भनेर दुवै पक्षले खुलाएका छैनन् । फोरमलाई फेस सेभका लागि केही औपचारिक बुँदामा सहमति हुने सम्भावना छ ।

बुधबार शीर्ष तहबाट सहमति जुटाएपछि सहमतिमा हस्ताक्षर हुने र फोरम सरकारमा सहभागी हुनेछ ।

केन्द्र सरकारमा संघीय समाजवादी फोरम सहभागी भएसँगै प्रदेश २ को सरकारमा पनि वाम गठबन्धन सहभागी हुने सम्भावना छ । प्रदेश २ मा फोरम नेतृत्वको सरकारलाई वाम गठबन्धनले विश्वासको मत दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment