Comments Add Comment

मोरङमा जबरजस्तीकरणीको घटना बढ्यो

१६ फागुन, बिराटनगर । महिलामाथि हुने जुनसकै प्रकारको हिंसा रोक्नका लागि जनचेतना लगायतका कार्यक्रमका लागि सरकार र दातृ निकायले वर्षेनि ठूलो मात्रामा धन राशि खचर्ने गरे पनि महिलामाथि हुने हिंसाको घटनामा भने कमी आउन सकेको छैन ।

मोरङमा मात्र महिलामाथि भएका हिंसाको घटना वर्षेनि उच्च दरमा वृद्धि भएको भेटिएको छ । त्यसमाथि पनि जबरजस्तीकरणीका घटना बढी छन् ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाको तथ्याङ्क अनुसार फागुन सुरुभएदेखि हालसम्म मात्रै ६ वटा जबरजस्तीकरणीको घटना भएका छन् ।

ती घटनामा महिला, बालिका र बालक समेत पीडित भएका छन् ।

प्रहरीका अनुसार जिल्लामा भएका जबरजस्तीकरणीको घटनामा आढाई वर्षे बालिकादेखि १४ वर्ष उमेर समूहका बालिका बढी पीडित भएका छन् ।

गएको साउन यता मात्र जिल्लाभर कुल ३४ वटा जबरजस्तीकरणीको घटना भएका छन् । त्यसमा १३ जना बालिका पीडित भएको छन् ।
सोही अवधिमा जिल्लामा जबरजस्तीकरणी उद्योगमा २० वटा मुद्दा दर्ता भएका छन् ।

६ जना बालिका र अन्य पीडित हुनेमा महिला रहेका छन् । साउन यताका महिनामा सबैभन्दा बढी माघमा ८ वटा जवरजस्तीकरणीको घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका महिला सेलकी प्रमुख प्रहरी निरीक्षक जमुना बस्नेतले पीडितहरु कानुनी उपचारका लागि आएको संख्या हेर्दा पीडितहरुको संख्याको दर प्रत्येक वर्ष उच्च हुँदै गएको अनुमान गर्न सकिने बताउँछिन् ।

उनले भनिन्, ‘पहिलाको दाँजोमा जबरजस्तीकरणीको घटनामा भएको वृद्धिसँगै बालिकाहरु पीडित हुने संख्या पनि बढिरहेको छ ।’

उनले पछिल्लो समय प्रेम गर्ने नाममा प्रेमीले जबरजस्तीकरणी गर्ने गरेको घटनाको अनुसन्धानबाट देखिएको पनि जानकारी दिइन् ।

प्रहरी निरिक्षक बस्नेतका अनुसार १३ देखि १५ वर्ष उम्मेर समूहका बालिकाहरुलाई प्रेमको नाममा फसाउने र उनीहरुमाथि केटाहरुले जबरजस्ती शारीरिक सम्बन्ध राख्ने किसिमका घटना बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment