Comments Add Comment

शशांकको ‘लञ्च’ भेटघाटमा प्रकाशमानले भने- देउवा असफल भइसके


१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले होलीको अवसर पारेर पार्टी नेताहरुलाई ‘लञ्च’ दिएका छन् ।

संसदीय दलको चुनावको पूर्वसन्ध्यामा आयोजित यो भेटघाटलाई अर्थपूर्ण मानिएको छ । महामन्त्री कोइराला सर्वसम्मत भए संसदीय दलको नेता बन्ने दाउमा छन् ।

तर, सभापति शेरबहादुर देउवाले दलको नेतामा उनलाई समर्थन गर्ने सम्भावना न्यून छ भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दलको नेता दाबी गर्दै आएका छन् ।

आफ्नो निम्तोमा आएका नेताहरुलाई सम्बोधन गर्दै कोइरालाले सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

उनले सबैलाई अबीरको टीका लगाइदिएका थिए । सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि महामन्त्री कोइरालाको निवास पुगेका थिए । तर, देउवा केहीबेरमै फर्किए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता प्रकाशमान सिंहले भने दलको नेता नलड्न सभापतिलाई सुझाव दिएका छन् । देउवाले पार्टी पनि राम्रोसँग चलाउन नसकेको र सरकारमा रहँदा जनभावना अनुरुप कार्यक्रम दिन नसकेकाले कांग्रेस हारेको उनले बताए ।

‘नम्बर वान म्यान फेलियरका कारण यो भएको हो’ उनले भने, ‘जसले अवसर पाएर पनि काम गर्न सक्दैन, त्यस्ता नेताहरुलाई राखिराख्नु कांग्रेसलाई नै हानी हुन्छ ।’

नेतृत्व परिर्वतन आवश्यक रहेको भन्दै उनले अघि भने, अहिले त यो अवस्था छ, झन टेष्ट भइसकेको र फेल भइसकेको नेतालाई निरन्तरता दिनु पार्टीको भनाइ हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment