Comments Add Comment

श्रीदेवीको शवलाई बेहुली झैं सजाएर अन्त्येष्टी गरिदै

हालै मृत्यु भएकी बलिउड अभिनेत्री श्रीदेवीलाई राजकीय सम्मान दिइएको छ । उनको शवलाई सेतो फुलले सजाइएको ट्रकमा राखेर अन्तिम यात्रा गराइएको थियो ।

शवयात्रा ५ किलोमिटर लामो थियो । श्रीदेवीलाई रातो रंगको सारीमा बेहुली जसरी सजाइएको थियो र भारतीय राष्ट्रिय झण्डामा बेरिएको थियो ।

श्रीदेवीलाई अन्तिम श्रद्धाञ्जली दिन हेमामालिनी, ईशा देओल, सुष्मिता सेन, ऐश्वर्या राय, अक्षय खन्ना जस्ता सेलिबि्रटीहरु पुगेका छन् । यसैगरी माधुरी दीक्षित, जया पर्दा, जया बच्चन, सुभाष घई, करण जौहर, अजय देवगण, काजोल, ज्याकलिन फर्नान्डिस पनि त्यहाँ देखिए ।

श्रीदेवीको मन पर्ने रंग सेतो थियो । उनले आफ्नो परिवारका सदस्य तथा निकटस्थहरुलाई आफना अन्तिम क्षणमा सबैकुरा सेतो हुनुपर्ने इच्छा व्यक्त गरेकी थिइन् । यसैलाई ध्यानमा राखेर ट्रकमा सेतो पर्दा, सेतो फूल लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment