Comments Add Comment

होलीको दुई दिन नारायणगढ मुग्लिन सडक खुला  

१६, फागुन, चितवन । निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्ड होलीको २ दिन खुल्ला रहने भएको छ ।

भोलि बिहीबार र पर्सि शुक्रबार सडक बन्द नगरिने नारायणगढ मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाले कामलाई गति दिन भन्दै हरेक दिन विहान १० बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गर्दै आएको छ । आयोजनाको हालसम्म ७६ प्रतिशत काम सकिएको छ । अझैं २४ प्रतिशत काम बाँकी हुँदा ठेकेदारहरुसँग सम्झौता अवधि फेबु्रअरी २० मा सकिसकेको छ ।

आयोजनाले तीन वटै ठेकेदारहरुको म्याद थपका लागि विभागमा प्रस्ताव गरेको छ । तर स्वीकृती हुन भने बाँकी छ । अधिकतम आगामी मे ३० तारीखसम्म म्याद थप गर्न सकिने प्रस्ताव आयोजनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment