Comments Add Comment

श्रीदेवीको ह्यान्डलबाट बोनी कपुरको यस्तो ट्वीट

मुम्बई । २८ फेब्रुअरी रातमा बलिउड अभिनेत्री श्रीदेवीको ट्वीटर ह्याण्डलबाट ट्वीट भयो । मानिसहरु एकछिन छक्क परे ।

ट्वीटमा जारी सन्देश पढेपछि धेरैले थाह पाए, श्रीदेवीको ट्वीटर ह्याण्डलबाट उनका श्रीमान् बोनी कपुरले सन्देश जारी गरेका रहेछन् ।

बोनी कपुरले लेखेका छन्, ‘एउटा साथी, श्रीमती एवं जवान छोरीहरुको आमाको अभावलाई म शब्दमा ब्यक्त गर्न सक्दिनँ । म आफ्नो परिवार, साथीभाई, सहकर्मी, शुभचिन्तक र श्रीदेवीका असंख्य प्रशंसकप्रति आभारी छु, जो चट्टान झै उभिए हाम्रो पक्षमा ।’

उनी अगाडि लेख्छन्, ‘म यसकारण सौभाग्यशाली छु, मलाई अर्जुन र अंशुलाको सहयोग एवं प्रेम छ । जो मेरो खुसी र जान्हवीका लागि मजबुत स्तम्भ हुन् । हामी एक साथ यो दुःखद घटनाको सामना गर्न तयार छौं ।’

‘दुनियाका लागि उनी चाँदनी थिइन् । एक उत्कृष्ट अभिनेत्री । तर, मेरा लागि साथी, छोरीकी आमा र मेरो पार्टनर पनि थिइन् । मेरा छोरीहरुका लागि उनी सवथोक थिइन् ।’

बोनी कपुर अन्तिममा लेख्छन्, ‘अब हामीसँग अलविदा भन्ने बाहेक अरु विकल्प छैन । मेरो एक मात्र चिन्ता छोरीहरुप्रति छ । अब श्रीदेवीको अभावमा उनीहरुको जिन्दगीलाई कसरी अगाडी बढाउने भन्ने छ, किनकी श्रीदेवी हाम्रो परिवारका लागि हरेक समय मुस्कुराउने एउटा कारण थिइन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment