Comments Add Comment

यसरी टर्‍यो सलमान र ऐश्वर्यको टक्कर

एकताका बलिउडका सर्वाधिक लोकप्रिय अफस्किन जोडी थिए, सलमान खान र ऐश्वर्य राय । अहिले उनीहरुको सम्बन्ध दुई चिरा मात्र परेको छैन, एकअर्कावीच बैरभाव पनि छ ।

ऐश्वर्यले अभिषेक बच्चनसँग घरजम गरेर छोरी हुर्कारहेकी छिन्, सलमान नयाँ-नयाँ प्रेमिका घुमाउने चक्करमै छन् । तर, सलमानको प्रेम दिगो छैन ।

बलिउड इभेन्टमा सलमान र ऐश्वर्य आमने-सामने हुन पनि रुचाउँदैनन् । आँखा जुधाएर हेर्ने त टाढाको कुरा ।

तर, यसपाली उनीहरुले फिल्म जुधाउने हल्ला चल्यो । सलमान खानको फिल्म ‘रेस-३’सँग ऐश्वर्यको फिल्म ‘फन्ने खाँ’ जुधाउने कुराले बलिउड तातियो । सलमानले सधै झै इदमा आफ्नो फिल्म प्रदर्शन गर्ने मिति तय गरिसकेका छन् । सलमानका लागि इद फलिफापयुक्त पनि मानिन्छ । अपवादबाहेक इदमा रिलिज भएको उनको फिल्म हिट भएको छ ।

त्यसैले इद उनको पेवा जस्तै भएको छ, फिल्म रिलिजको लागि । तर, यसपाली उनलाई ऐश्वर्यले तगारो हाल्ने हल्ला चल्यो । वास्तवमा यो हल्ला हल्लै मात्र रहेछ । हल्ला भन्दापनि ‘फन्ने खाँ’को पब्लिसिटी स्टन्ट रहेछ ।

‘फन्ने खाँ’ टिमले जानीबुझी नै सलमान र ऐश्वर्यको टक्कर हुने हल्ला चलाएको रहेछ । यो हल्लाले उनीहरुलाई फाइदा नै गरेको छ । किनभने ‘फन्ने खाँ’लाई सित्तैमा पब्लिसिटी मिलेको छ । ‘फन्ने खाँ’ जुलाई १३ मा रिलिज हुने तय भएको छ । अब सलमानको ‘रेस-३’का लागि बाटो खुला छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment