Comments Add Comment

सलमान खानको नेपाल भ्रमण स्थगित

१८ फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् ।

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गदर्ैै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन । सलमान खानको टिमसँग सम्वाद भइरहेको आयोजक संस्थाका एक अधिकारीले बताए ।

आयोजक ओडीसी इन्टरनेसनले सलमानको शो केही समयपछि हुने बताएको छ ।

शोका लागि झण्डै ५ हजार टिकट विक्री भइसकेको छ । यदि कार्यक्रमको मिति तय भए त्यही टिकटले हेर्न पाइने व्यवस्था मिलाइनेछ । टिकट फिर्ता गर्न चाहनेले त्यो सुविधा पनि पाउनेछन् ।

यो पनि पढ्नुहोस्

सलमानले लिइसकेका छन् पाँच करोड, के हुन्छ त्यो पैसा ?

माग्ने बुढाको टिप्पणीः सलमान नआउँदा दु:ख नमाने हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment