Comments Add Comment

हृदयाघात भएपछि ज्यान जोगाउन यसो गरे यी चिनियाले

भनिन्छ जब मानिस मृत्युको अगाडि खडा हुन्छ तब दिमागले काम गर्दैन । किनकी दिमागका सबै ढोका बन्द भैसकेका हुन्छन् त्यतिबेला । तर एउटा यस्तो घटना सार्वजनिक भएको छ जसले यस्तो सोँच्ने मानिसहरुलाई सबक सिकाइदिएको छ । मृत्युको मुखमा पुग्दा पनि मानिसले आफ्नो जिवन रक्षार्थ कस्तो जुक्ति अपनाउँदो रहेछ भन्ने उदाहरण यो घटनाले पेश गरेको छ ।

समाचार अनुसार एकजना चिनिया व्यक्तिलाई अचानक हृदयाघात भयो । हृदयाघातमा ज्यान जोगिनु, त्यो पनि आफ्नै बलबुताले त्यो निकै बिरलै हुन्छ । तर भयो त्यस्तै । उनले अनौठो तरिकाले आफ्नो ज्यान बचाए ।

शिजियाजुआंग स्थित एक रेलवे स्टेशनमा रेल कुरिरहेको बेला अधवैशे उमेरका ती व्यक्तिलाई हृदयाघात भयो ।

उनी हृदयाघात भएर भुइँमा थचारिए । तर कसैको ध्यान उनीपटि्ट गएन । आफुले गुहार नपाएको ठानेपछि उनले एउटा जुक्ति लगाए । आफुसँग भएका पैसाका नोटहरु निकालेर फ्याँक्न सुरु गरे । यसरी नोट फ्याँक्न थालेपछि त्यहाँ रहेका अन्य मानिसहरुको ध्यान उनीतर्फ आकषिर्त भयो । उनले रगत बान्ता गरिरहेको मानिसहरुले देखे । त्यसपछि उनलाई उद्धार गरी अस्पताल लगियो ।

ती मानिसको थर ली हो । तर नाम चाहीँ खुलाइएको छैन । उनी आफ्नी बिरामी आमालाई भेट्न रेल चढेर क्विनहुआंगदाओ सहर जाँदै थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment