Comments Add Comment

कंगनाको प्रेमीमा हुनुपर्नेछ यस्तो गुण


बलिउड नायिका कंगना रनावत केहि बर्ष नायक ऋतिक रोशनको प्रेममा परिन् । ऋतिकसँगको प्रेम विछोडमा परिणत भएपछि यसले लामो समय विवादको रुप पनि लियो । ऋतिक र कंगना एक अर्काको विरुद्धमा बोल्न थाले । अहिले यी दुबै यो बिषयमा चुप छन् ।

तर, नायिका कंगना रनावत भने आफू सिंगल रहेको र आफ्नो प्रेमीमा विशेष गुण हुनुपर्ने बताउन थालेकी छिन् । कंगनाका अनुसारका उनका प्रेमीमा हुनुपर्ने मुख्य गुण भनेको ‘राष्ट्रियता’ हो । कंगनाका अनुसार, उनी आफ्नो देशलाई निकै माया गर्छिन् । यसैले, उनी आफ्ना प्रेमीमा पनि देशभक्ति होस् भन्न चाहिन्छन् ।

कंगनाले त यतिसम्म भनेकी छिन् कि, यदि उनको प्रेमीमा ‘राष्ट्रियता’ देखिएन भने उनी ब्रेकअप समेत दिन तयार हुनेछिन् । कंगनाले यस्तो गुण भएको यूवक कहिले फेला पार्ने हुन्, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment