Comments Add Comment

राष्ट्रियसभाका तीन मनोनित सदस्यको सुनुवाइ स्थगित


२० फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य मनोनित तीन जनाविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा बहस सुरु भएको थियो ।

तर, निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता बाबुराम जोशीले दुबै न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने बताए ।

न्यायाधीश राउतले अन्तरिम आदेश दिएको तथा कार्की केपी ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता भएकाले ओली सरकारले गरेको सिफारिसबारे मुद्दा हेर्न नमिल्ने उनले बताए ।

लगत्तै दुवै न्यायाधीशले बहस रोके । आपसी छलफलपछि दुवैले मुद्दा हेर्न नमिल्ने जानकारी गराएका छन् ।

अघिल्लो सरकारले गरेको सिफारिस रद्द गदर्ैै ओली सरकारले डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलको नाम सिफारिस गरेको थियो ।

राष्ट्रपतिले ओली सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रियसभा सदस्य मनोनित गरेपछि देउवा सरकारले सिफारिस गरेका तीन जना सर्वोच्च गएका थिए ।

सर्वोच्चले तीन जनाको सपथ रोक्न अन्तरिम आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment