Comments Add Comment

सेयरबजार वर्षकै तल्लो विन्दुमा, लगानीकर्ता निराश

'अर्थमन्त्रीले अनुत्पादक भनेपछि बजार घट्यो'

२० फागुन, काठमाडौं । आइतबार नेप्से परिसुचक ४१.५६ अकंले घटेर एक वर्ष यताकै न्युन विन्दु १ हजार ३ सय ४ अंकमा ओर्लिएको छ । नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक भनेसँगै सेयरबजारमा गिरावट आएको लगानीकर्ताहरुले आरोप लगाउन थालेका छन् ।

खतिवडाको अभिव्यक्तीले लगानीकर्तामा सेयरबजार घट्छ भन्ने मनोवैज्ञानिक असर परेको देखिएको छ । जसले गर्दा उनीहरुमा उत्पन्न त्रासले बजार घटेको एक ब्रोकर बताउँछन् ।

विश्लेषकहरु भने लगानीकर्ता ‘प्यानिक’ अवस्थामा रहेका कारण त्यसको असर बजारमा देखिएको बताउँछन् । गत वर्ष फागुन २४ गते नेप्से १ हजार ३ सय ४१ अंकमा घटेको थियो । त्यसयता बढेको सेयरबजार मंसिर १३ गतेपछि ओरालो लाग्न सुरु गरेको हो ।

आइतबार नेप्से ३.०९ प्रतिशतले घटेको छ । ‘क’ बर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ३.०१ अंकले घटेको छ । बिमा समुहको परिसूचक २८६ अंकले घटेको छ भने जलविजद्युत समुहको परिसूचक ६२ अंकले ओर्लिएको छ ।

सेयरबजारमा १ सय ५१ कम्पनीको १३ लाख ११ हजार कित्ता सेयर ५ हजार ९ सय ४३ पटक किनबेच हुँदा ४८ करोडको मात्रै कारोबार भएको छ ।

लगानीकर्ता आत्माराम घिमिरे अथर्मन्त्री खतिवडाले यो क्षेत्रलाई अनुत्पादक भन्दै अभिव्यक्ती दिएकाले बजार घटेको बताउँछन् । उनको अभिव्यक्तिका कारण मास साइकोलोजिकल असर परेको र त्यसले बजार घटाएको उनको भनाइ छ ।

हुनत राष्ट्र बैंकले समेत यसलाई उत्पादनमुलक क्षेत्र भनेर नै मान्ने गरेको छैन । किनकी उत्पादनमुलक क्षेत्रमा राष्ट्र बैंकले कृषि, जलविद्युत र साना घरेलु उद्योगलाई राखेको छ । सोही बमाोजिम नै अर्थमन्त्री खतिवडाले पनि अभिव्यक्ती दिएका थिए, तर यसले बजारलाई भने नकारात्मक असर पार्‍यो ।

घिमिरे भन्छन् ‘अहिले सेयर बजार बियरिस ट्रेन्डमा हिडेको छ ,र अर्थमन्त्री खतिवडाले यसलाई अनुत्पादक भन्दै दिएको अभियक्तीले झनै बजार घटाएको छ ।’

गत वर्षको साउन १२ मा १८८१ अंकमा पुगेको नेप्से त्यसयता बियरिस ट्रेन्डमा रहेको र सोही असर आइतबार पनि देखिएको उनको विश्लेषण छ । सेयरकोे ऋणमा कडाइ गर्ने भन्दै अर्थमन्त्रीले दिएको अभिब्यक्तिका कारण पनि बजार घटेको उनको ठम्याई छ ।

पछिल्लो समय बजारमा सेयरको ओभर सप्लाई र तरलतामा भएको संकुचनका कारण सेयर बजार घटेको घिमिरे बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment