Comments Add Comment

रेशम चौधरीले कारागारभित्रै थाले अनशन

२० फागुन, धनगढी । टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना आइतबार साँझदेखि कारागारभित्रै अनशनमा थालेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिए । अनशनमा बसेका सबै बन्दी टीकापुर काण्डका आरोपित हुन् ।

उनीहरुले प्रतिनिधि सभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखेका छन् ।

टीकापुर घटना लगतै फरार भएका चौधरी झण्डै ३० महिनापछि फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment