Comments Add Comment

सुखानी दिवसकै दिन संसद अधिवेशनः संयोग कि ओलीको योजना ?

सुखानीमा हत्या गरिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको शालिक ।

२१ फागुन, काठमाडौं । अघिल्लो वर्ष फागुन २१ गते नेकपा एमालेले झापा र इलामको सिमानामा पर्ने सुखानी शहीद स्मृति पार्कबाट मेची-महाकाली अभियानको शुरुवात गरेको थियो ।

हरेक वर्ष सुखानी दिवस मनाउने गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक सुखानी दिवसलाई पृथक ढंगले सम्झिए ।

फागुन २१ गते सुखानी दिवसकै दिन पारेर संघीय संसदको पहिलो बैठक आह्वान गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानमन्त्रीले सुखानी दिवसकै अवसर पारेर संसद अधिवेशन बोलाएको स्रोतको दावी छ । सुखानीसँग एमालेको भावना गाँसिएको छ । ओलीसहितका नेताले २०२८ सालमा झापा क्रान्तिबाट नेपालमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन थालेका थिए ।

२०२९ साल फागुन २१ गते तत्कालिन झापाली कम्युनिस्ट क्रान्तिकारीहरुलाई पन्चायती शासकले जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरेका थिए । केपी ओलीसँगै क्रान्तिमा होमिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा झापाको सुखानीमा हत्या गरिएको ओलीले ट्वीटमार्फत स्मरण गरेका छन् ।

सुखानी दिवसकै अवसरमा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुखानीका शहीदले देखाएको बाटो कहिल्यै नभुल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment