Comments Add Comment

पहिलाे सत्र अपडेटः सेयरलाई अनुत्पादक नभनेको खतिवडाको स्पष्टोत्तिपछि बजारमा उछाल


२१ फागुन, काठमाडौं । गोरखा पत्रमा सेयर बजारलाई आफुले अनुत्पादक नभनेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई सार्वजनिक भएसँगै सोमबार बजार बढ्दो क्रममा देखिएको छ ।

खतिवडाले केही दिन अघि बीबीसी नेपाली सेवामा बैंक तथा वित्तीय संस्थाको तरलतासँग सम्बन्धित प्रश्नमा सरकारले जति पुँजी परिचालन गरेपनि घरजग्गा, सेयर बजार, अटोमोबाइल र उपभोत्तामा लगानी भएमा केही अर्थ नहुने बताएका थिए ।

सेयर बजार, घरजग्गा, अटोमोबाइल र उपभोक्तामा जाने कर्जालाई राष्ट्र बैंकले समेत अनुत्पादक भन्दै केही समयअघि देखि यि क्षेत्रमा गएको कर्जाको विवरणलाई अलग्गै मुल्यांकन गर्दै आएको छ । घरजग्गा र सेयरमा कडाई गर्न सक्ने सम्भावनाको रुपमा अर्थमन्त्री खतिवडाको भनाईलाई बजारका लगानीकर्ताहरुले लिदै आएका थिए ।

खतिवडाको स्पष्टिकरण आएसँगै बजार यो समाचार तयार पार्दा १५ अंकले बढेको छ । बजार १३ सयको विन्दुमा आएकोले पनि बजार बढ्न सघाउ पुगेको छ । लगानीकर्ताहरु बजार १४ सय मुनि जान नहुनेमा देखिदै आएका थिए, यही कारण बजार लामो अवधिसम्म १४ सय विन्दुमा अड्एिको थियो ।

अहिले बैंक तथा वित्तीय संस्थामा तरलता अभावको समस्या समाधान नभइसकेपनि बैंकहरुले गत शुक्रवारबाट बचतको व्याज दर आठ प्रतिशत माथि जान नदिनेमा सहमत भएका छन् । बैंकहरुले मुद्दति निक्षेपको व्याजदरलाई पनि ११ प्रतिशतमा सिमित पारेका छन् ।
कर्जा लगानी योग्य पुँजीमा सुधार भएमा बजार थप बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment