Comments Add Comment

आफ्नो दूध बेचेर लाखौँ कमाउँछिन् यी महिला

यो दुनियामा नबिक्ने कुरा के पो रहेछ र ? साइप्रसकी एकजना महिला बच्चालाई स्तनपान गराउने आफ्नो दुध बेचेरै लखपति बनेकी छिन् ।

राफाएला लाम्प्रोउ नामकी ती महिला आफ्नो दुध बेचेर लाखौँ कमाउँछिन् । दुई बच्चाकी आमा लाम्प्रोउको दुध किन्नका लागि युवाहरु मरिमेट्छन् ।

खासगरी बडी बिल्डर हुन चाहने युवाहरुको बीचमा उनको दुधको उच्च माग छ । सात महिना अघि उनले दोश्रो बच्चा जन्माएकी थिइन् । बच्चाले स्तनपान गर्दा समेत आफ्नो वक्षस्थलको दुध चुसेर नसकेपछि उनले आफ्नो दुध कसैलाई दान गर्ने सोँच बनाइन् ।

सुरुमा उनले बच्चालाई स्तनपान गर्नका लागि दुध पर्याप्त नआउने महिलालाई आफ्नो दुध प्रदान गर्न थालिन् । तर उनले दुध दान
गरिरहेको कुराको चर्चा चलेपछि पुरुषहरुले उनको दुधको माग गर्न थाले ।

सारिरिक सुगठन अर्थात् बडी बिल्डिंगका पारखी युवाहरु उनको दुध खरीद गरेर सेवन गर्न थाले । लाम्प्रोका अनुसार सुगठित सरीर बनाउन चाहने पुरुषका लागि उनको दुध उत्तम हुन्छ ।

सुरुमा उनले दिनमा २ लिटर आफ्नो दुध बेच्न सुरु गरिन् । एक लिटरको एक सय २५ रुपैयाँ बराबरको मूल्य पर्दथ्यो ।

अहिलेसम्म उनले ५ सय लिटर दुध बेचिसकेकी छिन् र यसबाट झडै ४५ सय पाउण्ड अर्थात झण्डै साढे ६ लाख रुपैयाँ कमाइसकेकी छिन् ।

लाप्रउ आफ्नो दुध अनलाइन मार्फत बिक्रि गर्छिन् । उनलाई आफ्नो दुधको व्यापार नशा झैँ लागेको छ र यो व्यापार छाड्न चाहन्निन् ।

एनले आफूले जस्तै दुध बेच्न चाहने महिलाहरुको फेसबुक ग्रूप नै बनाएकी छिन् । आमाहरुको दुधको व्यवसायिक बिक्रि नै सुरु गर्ने योजना उनको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment