Comments Add Comment

यस्तो कुण्ड, जहाँ ताली बजाउँदा पानी माथि आउँछ

यो धर्तीमा अनेक रहस्यमयी ठाउँहरु छन् । त्यस्तै रहस्यमय ठाउँमध्ये एउटा कुण्ड पनि रहेको छ । यसको रहस्य अहिलेसम्म वैज्ञानिकहरुले पनि खुट्याउन सकेका छैनन् ।

भारतको झारखण्डस्थित बोकारो जिल्लामा यो कुण्ड रहेको छ । यो कुण्डको रहस्यमय विशेषता यस्तो छ कि जब तपाइँ यो कुण्डको छेउँमा गएर ताली बजाउनुहुन्छ तब यसको पानी आफै माथि आउँछ ।

ताली बजाउँदा पानी यसरी माथि उठ्छ कि मानौँ भाँडोमा तताएको पानी उम्लिरहेको छ ।

यो कुण्डका अरु विशेषता पनि छन् । यो कुण्डमा चिसोमा तातो र तातोमा चिसो पानी निस्कन्छ । यहाँ नुहाउनाले छालाको रोग हट्ने विश्वास गरिन्छ ।

यो कुण्डमा आएर मागेका वरदान प्राप्त हुने विश्वास पनि गरिन्छ । यो कुण्डको नाम दलाही कुण्ड राखिएको छ । यसबाट निस्किएको पानी गर्गा नदीमा मिल्दछ । पानी निकै सफा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment