Comments Add Comment

एमालेले राष्ट्रपतिको उम्मेदवार भोलि छान्ने

विद्या भण्डारी नै दोहोरिने सम्भावना

फाइल फोटो

२१ फागुन, काठमाडौं । राष्ट्रपतिको उम्मेदवार चयनको विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो ४ बजे बैठक बोलाएको हो । बैठकले फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तय गर्नेछ ।

एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार चयन गर्ने सम्भावना छ । तर एमालेभित्रै वरिष्ठ  नेता झलनाथ खनाल लगायतका केही नेताले राष्ट्रपति पदमा एउटै व्यक्तिलाई दोहोर्‍याउन हुँदैन भन्ने मत राख्दै आएका छन् । फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment