Comments Add Comment

ओली-प्रचण्डलाई महतोको आग्रह : जनताले ठूलो पार्टी बनाए, मन पनि ठूलो बनाउनुस्


२२ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सबैको भावनालाई सम्बोधन गरेर अघि बढ्न वाम गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन् ।

संसद बैठकलाई सम्बोधन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य महतोले जनताले वाम गठबन्धनलाई ठूलो दल बनाएको भन्दै मन ठूलो बनाउन केपी शर्मा ओली र प्रचण्डलाई आग्रह गरे ।

‘प्रधानमन्त्री ओली र प्रचण्डजीलाई बधाई दिन चाहन्छु, जनताले अध्यधिक समर्थन दिएका छन्’ उनले भने, ‘जनताले ठूलो पार्टी बनाएका छन् । अब मन ठूलो बनाउनुस्, देश बनाउनुस् ।’

हिन्दीमा सम्बोधन गरेका महतोले सबैको पहिचान र भावनाको सम्बोधन हुनुपर्ने बताए । उनले भने, ‘नेपालीका साथै मधेसी पनि हौं । धोती हाम्रो संस्कृति हो, यसमा गर्व छ ।’

अरु नेपालीलाई जत्ति मातृभूमिको माया छ, मधेसीहरुलाई पनि त्यति नै माया रहेको उनले बताए ।

‘यो देश कुनै भाषा, जाति वा धर्मको होइन, सबैको देश हो’ महतोले भने, ‘प्रचण्डजीले ठीक भन्नुभयो, यो विवाद बढाउने समय होइन । सिंहदरबारले अरु जनता के चाहन्छन्, त्यो बुझे समस्या हुँदैन ।’

आन्दोलन तथा द्वन्द्व आफैं समाप्त नहुने भन्दै उनले भने, ‘कार्पेट मुनी धुलो छोपेर सफा हुँदैन ।’

आफूहरुले समेत सहयोग गर्ने र दुई तिहाई बढी पुग्ने भन्दै उनले संविधान संशोधन अघि बढाउन आग्रह गरे । महतोले भने, ‘प्रधानमन्त्रीजी दिल खोलेर अघि बढ्नुस् । संविधान बाइवल, गीता होइन । संविधानमा जे संशोधन आवश्यक छ, त्यो गरौं ।’

प्रधानमन्त्री ओलीले फोरमका साथै आफ्नो पार्टीका नेताहरुसँग संविधान संशोधन गर्ने सम्झौता गर्ने प्रस्ताव राखेको भन्दै महताले भने, ‘सम्झौता त हामीले दजनौं गर्‍यौ प्रधानमन्त्रीजी । अब कति सम्झौता गरौं ? कति धोका खाऔं ?’

उनले सम्झौता नभई संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment