Comments Add Comment

२१ वर्षमा जान्हबी, जन्मदिन निरस


बलिउडकी नव-नायिका जान्हवी कपुरको आज जन्मदिन हो । तर उनलाई जन्म दिने आमा अब यो दुनियाँमा छैनन् । ६ मार्च १९९७ मा जन्मेकी जान्हवी २१ वर्षकी भइन् । यसपाली उनको जन्मदिन निरस भएको छ । एक साताअघि उनकी आमा श्रीदेवीको दुवईमा निधन भएको थियो ।

आमा जस्तै हिरोइन बन्ने उनको सपना छ । करण जौहरको ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘धडक’बाट डेब्युको तयारीमा रहेकी जान्हवीले यस चलचित्रमा नायक शाहिद कपुरको भाई इशान खट्टरसँग अभिनय गरेकी छिन् ।

जान्हवी सानैदेखि आमासँग नजिक थिइन् । आमाकै स्टाइलमा काम गर्ने धोको थियो । तर, उनले आफुले गरेको अभिनय आमालाई देखाउन भने पाइनन् । उनको जन्मदिनको अवसरमा भारतीय अनलाइनले आमसँग बसेका केही तस्विर सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment