Comments Add Comment

लिलिबिलीको ट्रेलर रिलिज, प्रियंकालाई एक सेकेन्ड ! (ट्रेलरसहित)

मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’को ट्रेलर मंगलबार रिलिज गरिएको छ । ट्रेलरमा नायक प्रदिप खड्का र नवनायिका जस्सिता गुरुङबीचको लभ केमेस्ट्री देख्न सकिन्छ ।

अर्की नायिका प्रियंका कार्कीलाई भने ट्रेलरमा खासै स्थान दिइएको छैन । उनी जम्मा एक सेकेन्ड झुलुक्क देखिन्छिन् । उनलाई लुकाउने रणनीति पनि हुन सक्छ । अनुपविक्रम शाही भने नेगेटिभ रोलमा देखिएका छन् ।

महंगो बजेटको यो फिल्मको सुटिङ बेलायत, स्कटल्यान्ड, टर्की लगायतमा देशमा गरिएको थियो । ट्रेलरमा तीन देशका आकर्षक दृष्यहरु समेटिएको छ, जसले दर्शकलाई फिल्म हेर्न लोभ्याउन सक्छ ।

यसै फिल्मबाट नायक खड्काले २२ लाख पारिश्रमिक लिएर चर्चामा आएका थिए । आगामी चैत्र ३० गते रिलिज हुने यो फिल्मको निर्माण गोविन्द शाही र सुदिप खड्काले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment