Comments Add Comment

रुसी सेनाको विमान सिरियामा दुर्घटना, ३९ जनाको मृत्यु


२३ फागुन, काठमाडौं । रुसी सेनाको कार्गो विमान मंगलबार सिरियामा दुर्घटना हुँदा ३९ जनाको ज्यान गएको छ ।

रुसको सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसका सञ्चार माध्यमहरुले रसियन एएन–२६ मिलिटरी ट्रान्सपोर्ट प्लेन सिरियाकाे लताकिया राज्यस्थित हेमिम एयरबेसमा अवतरणका क्रममा दुर्घटना भएको जनाएका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार मृत्यु हुनेमध्ये ३३ जना रसियन आर्मी र ६ जना चालक दलका सदस्य हुन् ।

विमान दुर्घटनाको कारण खुलेको छैन । आतंकवादी आक्रमण या प्राविधिक गडबडीमध्ये कुनै एक कारणले  विमान दुर्घटना भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment