Comments Add Comment

जान्नुहोस्, कहाँ–कहाँ हुँदैछ ‘शत्रुगते सांगीतिक टुर’ ?


अहिले चलचित्रको प्रचारका लागि सांगीतिक टुर गर्ने क्रम बढेको छ । यहिक्रममा, गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘शत्रुगते’को यूनिट पनि सांगीतिक टुरमा निस्कने भएको छ । स्थानिय पत्रकार र दर्शकसँग भेटघाट गर्ने उद्देश्यले यो टुरको आयोजना गर्न लागिएको कलाकार तथा निर्माता हरिवंश आचार्यले बताए ।

‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यो टुरमा कलाकार हरिवंश आचार्य , किरण केसी , शिवहरी पौडेल , पल शाह , आँचल शर्मा र जुनु रिजाल काफ्ले सहभागी हुने भएका छन् । यो टुर फागूण २३ गतेदेखि ३० गतेसम्म चल्नेछ । सेड्यूल अनुसार २३ गते हेटौडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा हुनेछ ।

मह संचारको ब्यानरमा निर्माण भएको चलचित्रलाई किरण केसीले प्रस्तुत गरेका हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा छ । प्रदिप भट्टराई चलचित्रका निर्देशक हुन् । चलचित्रमा दिर्घ गुरुङको छायांकन छ भने मित्र गुरुङको सम्पादन छ । चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । यो चलचित्र चैत्र ९ गतेबाट रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment