Comments Add Comment

होलीको विवादले कर्णको ज्यान गयो, दुई जना पक्राउ

२३ फागुन, कैलाली । गत बिहीबार कैलालीको टीकापुरमा होली खेल्ने क्रममा कर्ण थापाको हत्या गरी फरार भएका दुई जनालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ ।

थापाको हत्या भएदेखि नै फरार रहेका टीकापुर नगरपालिका-१ का १९ वर्षीय संदिप रावल र वडानम्बर ३ घर भै ब्लक नं. १२ बस्ने २१ वर्र्षे सागर पाण्डेयलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले थापाको हत्या गरी फरार रहेका उनीहरुलाई फोन ट्रयापिङ्गको आधारमा पक्राउ गरिएको बताए ।

उनले हत्या भएको राति टीकापुरसँगै जोडिएको बर्दिया जिल्लामा लकेर बसेका र भोलिपल्ट नेपालगञ्ज हँुदै काठमाडौं पुगेको जानकारी भएपछि प्रहरी नायब निरीक्षक हरिसिंह धामीको कमाडमा खटिएको प्रहरीले बाजाजुबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई हवाई मार्ग मार्फत धनगढी ल्याइएको एसपी घिमिरेले जानकारी दिए ।

गत बिहीबार राति करिब साडे ११ बजेतिर सामान्य विवादमा रावलले थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न उनीहरुलाई मुलुकी ऐन २०२० ज्यान सम्बन्धी महल दफा १३ को १ बमोजिम सजायको मागदावीसहित मुद्दा दर्ता गरिने एसपी घिमिरेले जानकारी दिए ।

उक्त महलमा आजीवन कारावासको सजाय हुने व्यवस्था रहेकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment