Comments Add Comment

लागूऔषध कारोबारीको नयाँ काइदा, ग्रिजमा डुबाएर ओसारपसार

२३ फागुन, काठमाडौं । लागूऔषध कारोबारीले प्रहरीलाई छल्न ग्रिजको बट्टामा डुबाएर ओसार पसार गर्ने नयाँ तरिका अपनाउन थालेको पाइएको छ ।

हालै काठमाडौंमा प्रहरीले मेसिनरी सामानमा प्रयोग हुने ग्रिजमा डुबाएर लागूऔषध ओसार पसार गर्नेहरुलाई पक्राउ गरेको छ ।

काठमाडौंको परोपकार पुलबाट फागुन २१ गते पक्राउ परेका बारा गढिमाइका ३३ वर्षीय विगु रायभर र भारत दरभंगाका २६ वर्षीय महम्मद रियाजुद्दिनले २० लिटर र ५ लिटरको ग्रिजको बाल्टीमा डाइज्यालाप, नुफिन, फेनारागनलगायतका लागू औषध डुबाएर ल्याएको भेटिएको हो ।

प्रहरीले विगु र महम्मदले टर्बो प्लस ग्रिजको १८ केजीको बाल्टीनमा डुबाएर ल्याएको डाइज्यालाप, नुफिन फेनारागन गरी १ हजार सेट बरामद गरेको छ ।

उनीहरुले ५ केजीको बाल्टीमा भने २५०/२५० वटा गरी ५ सय सेट, दुई वटा जेब्रा झोलामा डाइज्यालाप, नुफिन र फेनारागन गरी १ सय सेट ल्याएका थिए । प्रहरीले उनीहरुको साथबाट ल्यापटप, गाजा पेल्ने मेसिन पनि बरामद गरेको छ ।

बरामद भएको लागू औषधको बजार मूल्य २३ लाख रुपैयाँ बराबरको रहेको बुधबार प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार सार्वजनिक गरेको छ ।

प्रहरीले लागू औषधसहित नुवाकोट तलाखुका २५ वर्षीय सुनील घिमिरेलाई फागुन २० गते काठमाडौंको जैसीदेवलबाट पक्राउ गरेको छ । उनको साथबाट २०३ थान डाइजेपाम, २०३ थान नुफिन, २०३ जना फेनारागन बरामद गरेको छ ।

भारतको रक्सौल र अन्य नाकारबाट काडमाडौंमा ल्याइने लागू औषधहरु भित्रिएको सूचना पाएपछि चेकजाँचमा खटिएको काठमाडौं प्रहरी परिसरको टोलीले एम्बुस राखी चेकजाँच गर्ने गरेको थियो ।

प्रहरीले विशेष सूचनाको आधारमा फागुन २२ गते दिउँसो १ बजे जैसीदेवलमा एम्बुस राखेर जेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment