Comments Add Comment

शिल्पा भन्छिन्-‘मंगलम’ मायाको मिठो धुन हो’


निर्माता छविराज ओझाले आफू निर्मित कमै मात्र चलचित्रको पत्रकार सम्मेलन आयोजना गर्छन् । झन्, चलचित्रको प्रचारका लागि उनी मोफसल टुरमा त निस्केको खासै उदाहरण छैन ।

तर, फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मंगलम’ उनका लागि विशेष रहेको वुझ्न सकिन्छ । सायद, यहि कारणले गर्दा पनि उनले यसपटक चलचित्रको प्रचारका लागि मोफसल टुर गरे, काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरे ।

चलचित्र क्षेत्रमा वाघ निर्माताको रुपमा परिचित ओझाले चलचित्रको बिषयबस्तु पावरफूल भएको बताएका छन् । यसपटक चलचित्र हेरेपछि दर्शकले प्रशंसा गर्ने उनको भनाई छ ।

यस्तै, पत्रकार सम्मेलनमा बोल्दै नायिका शिल्पा पोखरेलले ‘मंगलम’ मायाको मिठो धुन भएको बताइन् । चलचित्रका मुख्य नायकद्धय पुष्पल खड्का र पृथ्वीराज प्रसाइले एउटा उत्कृष्ट चलचित्रमा काम गरेको सुनाए । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि नायक पुष्पलको कामको चर्चा भैरहेको छ ।

चलचित्रका निर्देशक नवल नेपालले पनि ‘मंगलम’लाई पारिवारिक कथावस्तुमा बनेको चलचित्र बताए । चलचित्रकी कलाकार मिथिला शर्माले पनि यसको कथावस्तु राम्रो रहेको सुनाइन् । कार्यक्रममा उपस्थित कलाकार निर शाहले आफूले नाम सुन्ने वित्तिकै चलचित्रमा काम गरेको बताए ।

नेपाली चलचित्र क्षेत्रमा जस्तोसुकै परिस्थितीमा पनि चलचित्र निर्माण गर्ने निर्माता भएकै कारण छविलाई ‘बाघ निर्माता’ भनिन्छ । पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘पर्ख पर्ख मायालु’ बोलको गीतले १ करोड भ्यूज पाएको भन्दै केक काटिएको थियो ।

दिपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतमा कृष्ण काफ्ले र बिन्दु परियारको स्वर छ । केक काट्दै गर्दा गायक-गायिकाले गीत गाएर सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment