Comments Add Comment

बजेट मध्यावधि पुर्वाद्धमा बढ्यो सेयर बजार


२३ फागुन, काठमाडौं । बजेट मध्यावधि पुर्वाद्धमा सेयर बजार थप बढेको छ ।  मंगलबार बढेको सेयर बजार बुधबार थप वृद्धि भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडा सेयर बजारको कारण आलोचित भएकोले उनले सेयर बजार बारे सम्बोधन गर्न सक्ने अपेक्षामा लगानीकर्ताहरु रहेका छन् । आलोचित भएकै कारण उनले बजारलाई प्रभावित पार्ने नीति नल्याउनेमा लगानीकर्ताहरुको विश्वास बढेकोले पनि बजार बढ्न सहयोग पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बजारको गिरावट बारे यसअघि अर्थमन्त्रीलाई सोधेका थिए । खतिवडाले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या निराकरणमा समेत केही व्यवस्थाहरु गर्न सक्ने अनुमान पनि लगानीकर्ताहरुमा रहेको छ । बैंकहरुलाई पुँजी जुटाइदिए पनि फेरी घरजग्गा, सेयरमा लगानी भए अर्थ नहुने खतिवडाले यसअघि बताएका थिए । सेयर बजारमा जाने कर्जा प्रति अनुदार मानिएका अर्थमन्त्रीको भनाईसँगै बजार आरालो लाग्ने क्रम उच्चले बढेको बजारका सरोकारवालाहरुले बताउदै आएका थिए ।

उत्पादनमुलक समूहबाहेक यसदिन सबै समूहमा सुधार आएको छ । बजारमा कारोबार रकम केही बढेर ४३ करोड १७ लाख पुगेको छ । नेप्से परिसूचक १८.६९ अंकले बढेर १३ सय १५ मा आइपुगेको हो ।

सर्वाधिक कारोबार हुने १० मा अधिकांश बैंक तथा वित्तीय संस्था रहेका छन् । एक सय ५८ कम्पनीको सेयर कारोबार भएकोमा १७ कम्पनीको मूल्य घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment