Comments Add Comment

भ्रष्टाचारको अन्त्य गर्नु सरकारको उद्धेश्यः आपूर्ति मन्त्री यादव

२३ फागुन, काभ्रे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकप्रसाद यादवले भ्रष्टचारको अन्य र उद्योग धन्दाको विकास नयाँ सरकारको मुख्य उदेश्य रहेको बताएका छन् ।

बुधबारबाट धुलिखेलमा सुरु भएको ‘काभ्रे महोत्सव-२०७४’ को उद्घाटन गर्दै मन्त्री यादबले अबको सरकार उद्योग धन्दाको विकासको लागि विशेष योजनाका साथ अगाडि बढिरहेको बताए ।

‘मन्त्रालयमा सम्भावना धैरे रहेपनि जटिल पनि उतिकै छ । भ्रष्टाचारको अन्त्य अनिर्वाय पनि छ ।’ उनले भने, ‘अहिलेको सरकारले केही दिनमा नीति बनाउँदै छ, हामीले देशमा उत्पादन बढाउने काम गर्नुछ ।’

धुलिखेलमा काभ्रे महोत्सव

पर्यटकीय क्षेत्रका रुपमा परिचित धुलिखेलमा बुधबारबाट महोत्सव सुरु भएको छ ।

धुलिखेल खेल मैदनामा आजदेखि शुरु भएकोे महोत्सव आगामी चैत्र ३ गतेसम्म चल्ने आयोजक धुलिखेल उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा कृषि, पर्यटन हस्तकलाका सामग्रीहरु मुख्य आकर्षण हुनेछन् । कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री, भवन निर्माण प्रविधि लगायतको महोत्सवमा कुल १५० वटा भन्दा बढी स्टलहरु रहेको छ ।

६ करोड भन्दा बढि कारोबार गर्ने अपेक्षा गरिएको धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment