Comments Add Comment

‘टेन टू फाइव’ मा रमाउँदै ‘गैंडा’


‘तितो सत्य’बाट ‘गैंडा’ को उपनामले चिनिएका निर्मल शर्मा यतिबेला ‘टेन टु फाइभ’ मा व्यस्त छन् । तर, उनले १० बजेदेखि ५ बजेसम्मको जागिर गर्न थालेका भने होइनन् ।

उनले निर्देशन तथा अभिनय गरेको हास्य टेलिश्रृंखलाको नाम हो ‘टेन टु फाइभ’, हो, जुन एपी १ टेलिभिजनमा प्रशारण भइरहेको छ । यसले बिस्तारै लोकपि्रयताको उकालो चढिरहेको शर्माले अनलाइनखबरलाई बताए ।

‘टेलिभिजनमा बाहेक यूट्यूवमा यो सिरियल अढाई लाखसम्मले हेर्छन्,’ उनले सुनाए । हाँस्य टेलिश्रृङ्खला भन्ने बित्तिकै एक खालको ‘ट्रेडमार्क’ स्थापित छ । मैलो लुगा, चुस्स दार्‍ही र पाखोभित्ताको भागदौड । अहिले चर्चामा रहेका प्रायः हास्य सिरियलका पात्र गाउँले परिवेशका छन् ।

तर ‘टेन टु फाइफ’ ले भने शहरीया बर्गको जीवनशैली उठान गरेको छ । यसका पात्रहरु जागिरे र कामकाजी छन् । धेरै सिरियलको कथा गाउँ केन्दि्रत भएकाले आफुले शहरका समस्यामाथी श्रृङ्खला निर्माण सुरु गरेको शर्माको भनाई छ ।

निर्मलसँगै कमल मैनालीले यसलाई संयुक्त निर्देशन गरेका छन् । निर्मल शर्मा, केशव भट्टराई, रजनी केसी, रवी शर्मा ‘घाटो’, कमलकान्त मैनाली, रामेश्वर केसी लगायत कलाकारले यसमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment