Comments Add Comment

दुनियाकै महंगो ह्याण्डब्याग, मूल्य ४ करोड रुपैयाँ

एउटा पर्स वा ह्याण्डब्यागको मूल्य कतिसम्म पर्ला ? के तपाइँले कहिल्यै कल्पना गर्नुभएको छ कुनै पर्सको मूल्य ४ करोड रुपैयाँ पर्दछ भनेर ? सायद कल्पना गर्नपनि गाह्रो पर्ला ।

तर यो दुनियामा असम्भव भन्ने केही छैन । एएटा यस्तो ह्याण्डब्याग छ जसको मूल्य २७ लाख ९ हजार पाउण्ड अर्थात् झण्डै ४ करोड रुपैयाँ पर्दछ । यो मूल्यमा त सहरमा घर नै किन्न पुग्ला हाम्रोमा ।

यतिधेरै रकममा गतवर्ष यो ह्याण्डब्याग बिक्रि भयो । २०१४ हिमालय बिर्किन नामक यो ह्याण्डब्यागलाई फ्रान्सको फेसन हाउस हर्मिजले उत्पादन गरेको हो ।

घडियाली गोहीको निलो नामक अफ्रिकी प्रजातिको छालाबाट यो ह्याण्डब्याग बनेको छ । यसमा १८ क्यारेटको सेतो सुन तथा हिरा समेत जडान गरिएको छ ।

यो झोला सन् २०१४ मा लिलाम समेत भएको थियो । यस्तो ह्याण्डब्यागको लगातार किनबेच भइरहने भएको हुँदा यो पूरानो भन्ने नै नहुने लिलामघर क्रिस्टीका अधिकारीको भनाई छ ।

स्मरण रहोस् मोनाकोकी राजकुमारी ग्रेसले आफ्नो गर्भावस्थाको पेटबाट पत्रकार ध्यान मोड्नका लागि यो महंगो झोलाको प्रयोग गरेकी थिइन् । अमेरिकी मोडेल किम कार्दाशिनले पनि यहीँ ब्राण्डको ह्याण्डब्यागको प्रयोग गरेकी थिइन् ।

सन् २०११ मा यो बहुमूल्य ह्याण्डब्यागको व्यवसाय ५१ लाख पाउण्डको थियो भने सन् २०१६ मा बढेर २६० लाख पाउण्ड पुग्यो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment