Comments Add Comment

फेसबुकविरुद्ध ब्लाकबेरीले हाल्यो मुद्दा


क्यानडाको टेक्नोलोजी कम्पनी ब्लाकबेरीले मंगलबार फेसबुक तथा उसका अन्य दुई भ्रातृ कम्पनीहरु ह्वाट्सएप र इन्स्टाग्रामविरुद्ध मुद्दा दायर गरेको छ ।

बौद्धिक सम्पत्ति अर्थात् पेटेन्ट उल्लंघनको आरोप लगाउँदै ब्लाकबेरीले फेसबुकविरुद्ध मुद्दा हालेको हो ।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले आफ्नो ब्लाकबेरी मेसेन्जरको प्रविधि तथा फिचर्स हुबहु नक्कल गरेको दाबी ब्लाकबेरीको छ ।

ब्लाकबेरीले अमेरिकाको लस एन्जल्स संघीय अदालतमा पेटेन्ट उल्लंघनको मुद्दा दर्ता गरेको हो ।

कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ– फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामले ब्लाकबेरीको आविष्कार तथा प्रविधिलाई नक्कल गरी मोबाइल मेसेजिंग एप बनाएको छ । यी सबैले हाम्रा कैयन् इनोभेटिभ सेक्योरिटी फिचर, युजर इन्टरफेस तथा फंक्सनालिटी इन्ह्यान्सिंग जस्ता फिचर्स नक्कल गरेका छन् । साथै, मननीय पक्ष के छ भने फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले मोबाइल मेसेजिंगको दुनियाँमा ढिलो गरी कदम राखेका हुन् ।’

ब्लाकबेरीले मुद्दा दर्ता गर्दै फेसबुक विरुद्ध कानूनी कारवाहीको चेतावनी दिएको छ । उसका अनुसार फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ब्लाकबेरीको बौद्धिक सम्पत्ति अधिकार अर्थात् आइपीआर उल्लंघन गरेका छन् । त्यसैले ती कम्पनीविरुद्ध कानूनी कारवाही गर्नु उसका शेयरधनीहरु प्रतिको दायित्व हो ।

यस विषयमा फेसबुकका जनरल काउन्सिल पल ग्रेवालले प्रतिक्रिया दिँदै भनेका छन्, ‘ब्लाकबेरीको तर्फबाट दर्ता गरिएको मुद्दाले कम्पनीको मौजुदा मेसेजिंग बिजनेसको अवस्थालाई दर्शाउँदछ । कम्पनी आविष्कारको मोर्चामा विफल भएसँगै अब अरुको आविष्कारमाथि प्रश्न गरिरहेको छ । हामी यसको विरुद्धमा लड्नेछौँ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment