Comments Add Comment

गोरखामा पहिलो पटक हृवीलचियर खेलकुद प्रतियोगिता

२४ फागुन, गोरखा । अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी गोरखामा पहिलो पटक हृवीलचियर खेलकुद प्रतियोगिता गरिएको छ ।

बिहीबारबाट गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा शुरु भएको प्रतियोगितामा पुरुष र महिला गरी ६ टिम सहभागी छन् ।

नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजना तथा हरमटारी क्लब र प्रगतिशील अपाङ्ग संघ गोरखाको सह आयोजनामा भएको प्रतियोगितामा हृवीलचियर बाष्केटवल र क्रिकेट खेल हुने बताइएको छ ।

प्रतियोगितामा फरक क्षमता भएका व्यक्तिहरुवीच प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव ऋषिराम ढकालले बताए । ‘प्रतियोगीतामा पुरुषको ४ टिम र महिलाको २ टिम सहभागी छन्,’ उनले भने, ‘सँगै फरक क्षमता भएका व्यक्तिहरुको सांगितिक प्रस्तुति पनि हुन्छ ।’

जिल्लामा अपाङ्गतामैत्री संरचना, अपाङ्गता भएका व्यक्तिहरुको खेलमा बिकाससँगै अपाङ्गता सम्बन्धी जनचेतना फैलाउने उदेश्यका साथ प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

संघले यस भन्दा अघिपनि अन्य जिल्लामा अपाङ्गता भएका खेलाडीहरुवीच बिभिन्न खेल तथा रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

आयोजना हुन लागेको प्रतियोगिताले अपाङ्गता भएकाहरुलाइ हेर्ने धारणामा पनि सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले बास्केटवल खेलाडीलाई हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको फाइलन भोलि हुने आयोजकले जनाएको छ । प्रतियोगिता हुनु अघि अपाङ्गता भएका व्यक्तिहरुले र्‍याली निकालेका थिए । हृवीलचियरमा बसेर उनीहरुले बजार परिक्रमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment