शनिबार, १२ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

रेखा शाह जो एउटै गीतले चिनिइन्

'सिमसिमे पानीमा' कि गायिकाको २५ वर्ष यात्रा

Suzuki
शिव मुखिया

‘सिमसिमे पानीमा
ज्यानले बेइमान गर्छ कि
जिन्दगानीमा….।’
एउटा जमाना थियो, सिमसिमे पानीमाको । बिहे, कार्जे, भोज-भत्तेर जहाँपनि, जहिलेपनि घन्कन्थ्यो यो रोमान्टिक लोक धुन । सुन्दै नाँचौं, नाँचौं लाग्ने । गीतले २५ वर्ष तय गरेको छ । साथसाथै ‘सिमसिमे पानीमा’ फेम गायिकाको करियरले पनि । किनभने त्यही विन्दुबाट रेखा शाहले आफ्नो करियर सुरु गरेकी थिइन् ।

आजको ठ्याक्कै २५ वर्षअघि रेखा शाह रेडियो नेपालमा यो गीत रेकर्ड गराइन्, २०४९ सालमा । गाउँ (धादिङ)बाट काठमाडौं शहर छिरेकी किशोरी । उनले आफ्नै गाउँघरको भाका टिपिन, शब्द टिपिन र स्वरवद्ध गरिन्, सिमसिमे पानीमा । सन्दर्भ थियो, रेडियो नेपालबाट आयोजित देशव्यापी लोकगीत प्रतियोगिताको ।

जसै गीत रेडियोबाट घन्किन थाल्यो, एककान, दुई कान मैदान भयो । गाउँका मेलापातदेखि शहरका डिस्कोसम्ममा गीत प्रतिध्वनित भयो ।

त्यसबेला अहिलेजस्तो थिएन । गीत बजाउन अडियो क्यासेट चाहिन्थ्यो । वा, रेडियो नेपाल ट्युन गर्नुपथ्र्यो । न सिडीको चलन, न पेनड्राइभ । टेलिभिजनले अहिलेजस्तो व्यापकता पाएको थिएन । युट्युवको कल्पना नै थिएन ।

अहिले हिजोजस्तो छैन । अडियो क्यासेट डस्बिनमा थन्किएको छ । रेडियो नेपालको बर्चश्व देशभर खुलेका हजारौं एफएमले तोडेको छ । सिडी, भिसिडी पनि गीति संग्रहको ‘कर्मकान्डी’ माध्याम मात्र भएको छ । जमाना युट्युवको छ ।

अहिले सोशल मिडियादेखि युट्युवले भर्चुअल वल्र्डमा क्रान्ति ल्याएको छ । यसले प्रत्यक्ष लाभ पुर्‍याएको छ, गीत-संगीतलाई पनि । गीत सुन्ने मात्र होइन, हेर्ने पनि भइदियो ।

प्रविधिले ल्याएको यो रुपान्तरणलाई गायिका शाहले आत्मसात नगर्ने कुरै भएन । उनले वर्षौअघि गाएको गीतको भिडियो बनाइन् । आधुनिक स्टाइलमा ।

एउटै गीतको झंकार वर्षौसम्म

यस्तो सायदै हुन्छ, पहिलो पटक गाएको गीत नै कालजायी । यस्तो पनि सायदै हुन्छ, पहिलो पटक गाएकै गीतको वर्षौं-वर्षौं झंकार ।
रेखा शाहको हकमा भने त्यस्तै भइदियो ।

उनले पहिलो पटक गाएको गीत थियो, सिमसिमे पानीमा । यति गीत नै काफी भयो, उनको करियरको लागि । सिमसिमे पानीमा गीतका लागि रेडियामा स्रोताको फर्माइसहरु आइरहँदा रेखा भने, कोटेश्वरको डेरामा बस्थिन् । त्यहाँ फुपु थिइन् । रेखाको उमेर त्यस्तै १५, १६ वर्षको थियो ।

‘गीत हिट हुँदा म अहिलेजस्तो परिपक्क थिइन’ रेखा भन्छिन्, ‘न आफु हिट भएकोमा उन्माद थियो, न घमन्ड नै ।’

त्यसबेला पत्र-पत्रिकामा रेखाको रंगीन समाचार छापिन्थे । रेडियोमा गीत घन्किन्थ्यो । तर, उनले आफुलाई ‘सेलिब्रेटी’ भएको अनुभूत नै गरिनन् । डेरामा सामान्य जीवनयापन गर्थिन् । लुवाई-खुवाई सामान्य थियो ।

मिडियामा छापिन्थ्यो, फेसन सेन्स भएकी गायिका । रेखालाई लाग्दैनथ्यो, आफु फेसनेबल छु भन्ने । ‘म सकेसम्म मिलाएर लगाउने कोसिस गर्थे, अहिले पनि गर्छु’ रेखा भन्छिन्, ‘तर मिडियामा भनिएजस्तो फेसनेवल चाहि होइन ।’

फेसन र महिला शसक्तिकरण

एकपटक दरबारमार्गमा अनुराधा कोइरालासँग उनको जम्काभेट भएछ । कुरैकुरामा अनुराधा कोइरालाले भनिन्, ‘यो लेगिङ्स र टप्स लगाउँदैमा तपाई आधुनिक हुनुभयो भन्ने ठा्रन्नुहुन्छ ? आफ्नो लागि महिला शसक्तिकरणको खाँचो छैन भन्ने बुझ्नुहुन्छ ?’
रेखा शाह सोचमग्न भइन् । महिला शसक्तिकरणको प्रसंग चलिरहेको थियो ।

अनुराधा कोइरालको यो प्रश्नले उनलाई थप हल्लाइदियो, ‘तपाई आफ्नो बुढालाई नभनी घरबाट कतै निस्कन सक्नुहुन्छ ?’

कोइरालाकै भाषामा अक्सर पत्नीहरु घरबाट बाहिर निस्कनका लागि पतिबाट ‘स्विकृति’ माग्नुपर्ने हुन्छ । जबकी पतिहरुले घरबाट बाहिर निस्कनका लागि पत्नीसँग ‘स्विकृति’ माग्दैनन्, ‘जानकारी’सम्म गराउँछन् ।

यो कुरा रेखालाई किनपनि घतलाग्यो भने, उनी स्वंम ‘जेन्डर स्टडी’का विद्यार्थी । रेखाले गायनसँगै पढाईलाई पनि समानन्तर अगाडि बढाइन् । रेखाले जेन्डर स्टडीमा मास्टर्स डिग्री गरेकी छिन् । यसबीचमा उनले अनुभूत गरेकी छिन्, सेलिब्रेटीको आवरणभित्र एउटी महिला भएर बाँच्नु कति गाह्रो छ भन्ने कुरा ।

किनभने, त्यही महिला हो, जसले आफुलाई अनेक भूमिकामा बाँध्नुपर्ने हुन्छ । आमाको । पत्नीको । बुहारीको ।

यी अनेक भूमिकामा बाँच्दा उनले आफुमा महिला हुनुको पीडा गहिरोसँग अनुभूत गरेकी छिन् । रेखा भन्छिन्, ‘चाहे त्यो सेलिब्रेटी नै किन नहोस्, महिलाहरुलाई समाज र संसकारले भित्रभित्रै दबाएर राखेको छ ।’

र, एउटा संयोग

रेखाले आफ्नो आवाजमा ‘सिमसिमे पानी’लाई फेरी २५ बर्षपछि दोहोर्‍याउँदैछिन्, स्टेजमा । दरबारमार्गस्थित होटल याक एन्ड यतिको प्रेक्ष्यालयमा उनले ‘सिमसिमे पानीमा’ गाउने भएकी हुन् । र, यसका लागि अवसर जुराइएको छ, अन्तर्राष्ट्रिय नारी दिवसको ।

सांगीतिक यात्राको रजत जयन्तीको अवसर छोप्दै रेखाले आफ्ना चर्चित गीतहरु पेश गर्नेछिन् । उनले समग्र नारीहरुको सम्मानर्थ एकल सांगीतिक प्रस्तुती दिन लागेको बताएकी छिन् ।

शास्त्रीय संगीतमा सिनियर डिप्लोमा गरेकी रेखाको द लाइन, आकृति, स्मृति जस्ता एल्बम बजारमा आइसकेको छ ।

२०७४ फागुन २४ गते १६:०८ मा प्रकाशित (२०७४ फागुन ३० गते ११:१९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • चेनेपाल लेख्नुहुन्छ    |   २०७४ फागुन २४ गते १८:१८

    नारी दिवसकाे अवसरमा नारीहरूकाे सम्मानमा याक एण्ड यतिमा एकल सांगीतिक प्रस्तुती गर्ने भनियाे, बुझन नसकिएकाे कसरी हुन्छ त्यस्ताे कार्यक्रमबाट नारीहरूकाे सम्मान । कार्यक्रम गर्ने(रजत जयन्ती मनाउने) बहाना मात्रै पाे हाे कि, हाे भने त्यसाे नगरेकाे राम्राे

    2
    0
    Share

  • धनीराम लेख्नुहुन्छ    |   २०७४ फागुन २४ गते १८:३५

    यिनको गायकी त राम्रो हो तर मिटर ब्याज लाउने र गुण्डा लगाएर साधारणलाई लुट्ने र धम्क्याउने बनी भने अति नराम्रो |

    1
    0
    Share

  • Khamma Singh Darlami Magar, Bharshe, Gulmi लेख्नुहुन्छ    |   २०७४ फागुन २४ गते १८:४८

    I have seen the remix song, of Simsime Pani with a hope of good quality as it was before. This song has been originated from my Village Bharhe Gulmi area. Unfortunately, I was shocked and completely disappointed that to see that new so-called Hot Remix song, which is totally cheap very cheap low-quality wester pron kind of video. Such music is not art it is fake art and it will not take us anywhere, just downtrends !!! You don’t have good quality dance and acting my dear Rekha Shah? Why you choose this very cheap way? Do think music loving Nepali will like this ??

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this