Comments Add Comment

पुरस्कारमा जितेको कार चढ्न पाएनन् नेपाल आइडल बुद्ध लामाले


काठमाडौं । एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् ।

सार्वजनिक भएको एउटा अडियोमा उनले भनेका छन्, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु-बुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’

लामाका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् ।

‘म कति धाउनु ? कति धाउनु ? आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने ? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने ? तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त ?’

मलाई अप्ठेरो न अप्ठेरो लागिरहेको छ भन्दै उनले यो सन्देश भाइरल बनाइदिन सबैसँग आग्रह गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै बुद्ध लामाले अडियो आफ्नो भएको पुष्टी गरे ।

उनले भने, ‘पहिले ट्याक्स आफूले तिर्नुपर्ने कुरा प्रष्ट भनिएको थिएन र पछि मात्रै यो कुरा थाहा छैन । आठ लाख रुपैयाँ मसँग नभएकाले कार चढ्न पाइनँ ।’

उनले यस विषयमा पछिल्लो समय एपी १ सँग सकारात्मक कुरा भइरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment