Comments Add Comment

तिलगंगा-त्रिपुरेश्वर-कलंकी रुटमा मोनोरेलको डीपीआर बनाइँदै


२४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले साइमेक्स इंक कम्पनीले काठमाडौंमा मोने रेल चलाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने भएको छ । उसले काठमाडौंमा मोनोरेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रारम्भिक सम्भाब्यता अध्ययनको रिपोर्ट काठमाडौं महानगरपालिकालाई गत साउनै बुझाएको थियो ।

साइमेक्सलाई पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म चल्ने मोनोरेलको डीपीआर तयार गर्न दिने निर्णय भइसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । यसको रुट तिलगंगाबाट सुरु भएर एरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म हुनेछ ।

‘अब आइतबारसम्म यो रुटको मोनोरेलको लागि डीपीआर तयार गर्न सम्झौता हुन्छ, यसमा महानगरपालिकाको एक रुपैयाँ पनि खर्च हुँदैन,’ कार्कीले भने,’साइमेक्सलाई डीपीआर गरेपछि निर्माण लागि टेण्डरमा जान्छौं ।’

साइमेक्सले यो रेललाई भविश्यमा कीर्तिपुरसम्म लम्ब्याउने सकिने रिर्पोट बुझाएको छ । साथै चक्रपथ परिक्रमाको रुटमा पनि मोनो रेल सञ्चालन गर्न पनि डीपीआर तयार गर्न अर्को कम्पनीलाई अनुमति दिने तयारीमा महानगरपालिका छ ।

अध्ययनअनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्छ र निर्माण सक्न २ वर्ष समय चाहिन्छ ।

मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ । रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ ।

प्रस्तावित रूट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment