Comments Add Comment

विश्वकप छनोटमा नेपालको दोस्रो हार, कोएट्जरले स्कटल्याण्डलाई जिताए

२४ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा स्कटल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।

नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ४१. ३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाए । उसको जितमा काइल कोएट्जरले अविजित ८८ रनको पारी खेले ।

नेपाली बलरहरुले एकपछि अर्को विकेट लिएपनि कोएट्जर लगातार क्रिजमा टिकिरहे । १३६ बलको सामना गरेका उनले सात चौका र ३ छक्का हानेका थिए ।

नेपालका बसन्त रेग्मी र सोमपाल कामीले २-२ विकेट लिए भने ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो ।

नेपालको सुरुवात निकै खराब रहृयो । मात्र १४ रन जोड्दा ४ विकेट गुमाएको नेपालका कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै नेपाललाई सम्हाल्ने प्रयास गरे ।

आरिफ शेखसँग २५, सोमपाल कामीसँग ४२ र रोहितकुमार पौडेलसँग १९ रनको साझेदारी गरेका पारस सातौं विकेटका रुपमा आउट भए । उनले ६३ रन बनाए ।

बसन्त रेग्मीले २४ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment